बन्दका कारण पोखराको जन जिवन प्रभावित , बिरोधमा युवाहरुको प्रदर्शन , बन्द गराउदै हिडेका माओवादी कार्यकर्ता पक्राउ

कृष्ण आचार्य /पोखरा, २८ कात्तिक। विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण पोखरा र आसपासको जन जिवन प्रभावित भएको छ । मंहगी, भष्टचार र खाद्य सम्प्रभुताको विषयमा आवज उठाउदै नेकपा माओवादीले आज बन्दको आवहान गरेको हो । बन्दका कारण पोखरामा सवारी साधन गुड्न सकेका छैनन् भने शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना तथा पसल बन्द छन् ।

 पोखराको न्युरोडमा बन्दको प्रभाव
पोखराको न्युरोडमा बन्दको प्रभाव

भित्र रहेका पसलहरु केहि मात्रमा खुलेका छन् भने फाट्फुट् सवारी साधन समेत चलेका छन् । लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । बन्दका बेला अप्रिय घटना हुन नदिन सडकमा सुरक्षाकर्मी बाक्लो रुपमा खटाइएको छ ।

पोखरा र आसपासको जन जिवन प्रभावित
पोखरा र आसपासको जन जिवन प्रभावित

विहान ५ बजे देखि साझँ ५ बजे सम्म बन्द जारी रहने माओवादीले जनाईएको छ । प्रेस, एम्बुलेन्स, कुटनीतिका सवारी र तरुणतलका तोकीएका सवारीलाई चल्न दिएको माओवादीले जानकारी दिएको छ ।यसैबिच, बन्द गराउदै हिडेका बिप्लव माओवादीका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कार्यलय सदस्य गोकुल पराजुली , जिल्ला सदस्य लोकेन्द्र राई ,प्राप्ती बिक ,सुरज गुरुङ , सुक बहादुर तामाङ , धरती गुरुङ, केशव परियार र मोती बिक लगायत एघार जना रहेको नेकपा माओवादी जनपरिषद कास्की प्रमुख नन्द प्रसाद तिवारी जगनले जानकारी दिए ।

माओवादीका नेता कार्यकर्ता पक्राउ
माओवादीका नेता कार्यकर्ता पक्राउ

यसैगरी, बन्दको बिरोधमा पोखरामा युवाहरुले प्रदर्शन गरेका छन् । विवेकशिल नेपाली ,एलजी एसोसिएसन र एमआरआर नामक फेसवुक ग्रुपले संयुक्त रुपमा पोखरामा बन्दको बिरोधमा प्रदर्शन गरेका हुन् । बन्दको विरुद्धमा पोखराका चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट सुरु भएको मोटरसाईकल र्याली महेन्द्रपुल, नयाँबजार हुदै पृथ्बीचोकमा पुगेर सकिएको थियो । र्यालीमा सहभागीहरुले बन्द सधैको लागि बन्द गरौ, राजनीतिक स्वार्थ पूर्तिको लागि गरिने बन्द मान्दैनौ लगायतका प्लेकार्ड तथा ब्यानार वोकेका थिए ।

बन्दको बिरोधमा पोखरामा युवाहरुको प्रदर्शन
बन्दको बिरोधमा पोखरामा युवाहरुको प्रदर्शन

उनीहरुले केहिवेर पृथ्बीचोकमा नारावाजी समेत गरेका थिए । विभिन्न वाहानामा हुने नेपाल बन्दले देशलाई ठूलो आर्थिक नोक्सानी हुने र युवा शक्ति पलायन हुने भएकाले बन्दको विकल्प खोज्न उनीहरुले आग्रह गरेका छन् । कुनैपनि राजनीतिक पार्टी तथा संगठनको नाममा हुने बन्दको बिरुद्धमा उत्रने समेत उनीहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...