फस्ट युनेक डान्सिङ आइडलको पहिलो चरण सम्पन्न ,४० प्रतियोगी छनोट

पोखरा, २७ कात्तिक। दोस्रो घाचोक महोत्सवको मुख्य आकर्षण ‘फस्ट युनेक डान्सिङ आइडल’को लागि पहिलो चरणको छनोट शनिबार सम्पन्न भएको छ । कास्की जिल्लाका ६ वटा ठाउँबाट गरि जम्मा ४० जना प्रतियोगी छनोट गरिएको आयोजक परिवर्तनका लागि युवा सञ्जाल नेपाल घाचोक कास्की अध्यक्ष मौसम कार्कीले बताए ।बगर टुडिखेलमा रहेको राष्ट्रिय उच्च माविमा शनिबार भएको छनोटबाट १४ जना प्रतियोगी दोस्रो चरणमा प्रवेश गरेको परिवर्तनका लागि युवा सञ्जाल नेपाल घाचोक कास्कीका उपाध्यक्ष विजय लम्सालले बताए ।छनोटका लागि निर्याणयकमा मनकुमार श्रेष्ठ र जयकुमार परियार रहेका थिए ।

फस्ट युनेक डान्सिङ आइडलको पहिलो चरण सम्पन्न
फस्ट युनेक डान्सिङ आइडलको पहिलो चरण सम्पन्न

कार्यक्रमका सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कास्कीका अध्यक्ष होमबहादुर नेपालीले यस्तो कार्यक्रमले लुकेर बसेका प्रतिभालाई उजागर गर्ने बताए । यस्तो कार्यक्रमलाई सबैले सहयोग गर्नु पर्ने अध्यक्ष नेपालीले बताए । कार्यक्रममा घाचोक महोत्सवका संयोजक विष्णुबहादुर कार्कीले दोस्रो चरणको तयारी पुरा भएपछि मिती तोकिने जानकारी दिए । ‘घाचोक जाउँ दुध र बदामका परिकारमा रमाउँ’ भन्ने मुल नाराका साथ मसिर १७ गतेदेखी २१ गतेसम्म हुन लागेको दोस्रो घाचोक महोत्सवमा सबैलाई सहभागी हुन अनुरोध समेत गरे ।

फस्ट युनेक डान्सिङ आइडलको पहिलो चरण सम्पन्न ,४० प्रतियोगी छनोट
फस्ट युनेक डान्सिङ आइडलको पहिलो चरण सम्पन्न ,४० प्रतियोगी छनोट

यस अघि फस्ट युनेक डान्सिङ आइडलको लागि महेन्द्र उमावि लाहाचोकबाट  ७ जना, विष्णुपादुका उमावि हेम्जाबाट ५ जना, इन्द्रराज्य उमावि लामाचौरबाट ६ जना, आदर्श क्लब लेखनाथबाट ४ जना र  आदर्श कला केन्द्र चिप्लेढुगाबाट ८ जना छनोट भएका थिए ।दोस्रो चरणको छनोट भने पोखरा उद्योग बाणिज्य संघको हलमा हुने फस्ट युनेक डान्सिङ आइडलकी संयोजक नर्बदा कुवरले बताइन् । शनिबार सम्पन्न भएको छनोट कार्यक्रमको संचालन दास्रो घाचोक महोत्सवका सचिव रेशमकुमार नेपालीले गरेका थिए । छनोट भएका अन्तिम १५ जना प्रतियोगिले दोस्रो घाचोक महोत्सवमा फाइनल प्रस्तुती राख्ने छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजारसहित मिजिक भिडियोमा खेल्ने अवसर पाउने छन् । उक्त महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।

 

कमेन्टहरु
Loading...