
पोखरा, २७ कात्तिक। पोखरा १३ स्थित भद्रकाली माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा चिन वहादुर गुरुङ चयन भएका छन् ।शनिवार भएको शिक्षक अभिभावक संघ गठन कार्यक्रमले अध्यक्षमा गुरुङलाई चयन गरेको हो ।त्यसैगरी कार्यक्रमले वरिष्ठ सदस्यमा लालवहादुर नेपाली, सदस्यहरुमा क्रमश पशुपती आचार्य, शिव वराल, शान्ती ढेवाजू, सत्य खनाल, अव्दुल रहिम मियाँ, हरिश्चन्द्र सिग्देल, केदार सिग्देल, पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदकान्त सिग्देल र विद्यायका प्रधानाध्यापक घनश्याम रिजाल रहेका छन् भने एक जना शिक्षक प्रतिनिधि पछि चयन गरिने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरिक्षक खेमराज पौडेल, विद्यालयका प्रधानाध्यापक घनश्याम रिजाल, शिक्षक अभिभावक संघ गठन सहजीकरण समितिका संयोजक दिपक तामाङ र शिक्षक राजेन्द्र भण्डारी लगायतले वोलेको थिए ।