सबै दल एकजुट भए सविधान कार्यान्य – नेता देउवा

तरुण दलको महाधिवेसन पोखरामा सुरु
सागर राज तिमिल्सिना
पोखरा, २७ कात्तिक/नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सविधानको कार्यन्यका लागि सबै दल एक जुट भएर अगाडी बढ्नु पर्ने बताएका छन् । उनले सबै दल मिलेर चुनाव गर्न सकेमा संविधान कार्यान्यन हुने उनको भनाई थियो ।

तरणदल नेपालको शनिवार पोखरामा उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री देउवाले निर्वाचन नभए सम्म संविधान कार्यान्यन नहुने बताए । स्थानीय निर्वाचनमा जित्न नेपाल तरण दलमा सर्वसहमती हुन आवश्यक रहेको बताए । उनले तरण दलका युवाहरु जिल्ला गएर संविधान र काग्रेका बारेमा फैलाएका नकारात्मक धारणलाई चिर्न समेत आग्रह गरे ।

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल केही देखिका असन्तुटिलाई समेटर सम्सोधन गरि निर्वाचन गर्ने बातावराण बनाउनु पर्ने बताए । उनले संघिय गठबन्दमा रहेका दलहरुले संघियता र लोकतन्त्रलाई रक्षा गर्न उदारताका अगाडी बढ्नु पर्ने बताए । उनले त्यसै गरि नेकपा एमालेले पनि केहि लचिलो भएर सम्सोधनमा सहयोग गर्नु पर्ने बताए । उनले काग्रेसलाई एकता गरेर लैजानु पर्ने बताए । उनले मिलेर पाटिलाई बचाएर देशलाई आवश्यक आर्थिक क्रान्ति गर्नु पर्ने बताए ।

नेपाली काग्रेसका महामन्त्री डा. शसाङक कोइरालले सविधान गतिसिल दस्ताबेज भएका कारण आवश्यकता अनुसार सम्ंसोधन गरेर जानुपर्ने बताए । नेपाली काग्रेसका कोषाध्यक्ष तथा शान्ति तथा पुर्ननिमार्ण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रिया टुङगोमा लगाउन कानुन परिर्वतन गरेर भए पनि अगाडी बढ्ने बताइन् । उनले द्धन्दका बेला ज्यान गुमाएहरुले राहात पाउन बाँकीहरुलाई राहात वितरणको काम पनि सुरु भएको बताइन् ।

नेपाली काग्रेसका नेता गोपाल मान श्रेष्ठले मुलुक मानै रोजगारीको अवसर सृजना गरी बिदेशीका युवाहरुलाई नेपाल फर्काउनु पर्ने बताए । नेपाल तरुण दलको चौथो महाधिवेशन शनिवार देखि पोखरामा सुरु भएको छ । पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालेर मानवअधिकारचोकमा पुगेर सभामा परिणत भएको थियो । महाधिवेशनको नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरे ।

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ ३ दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्द सत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुने छ । बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएका छन् ।

तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचना आधारमा ७५ सदस्यीय हुने जनाइएको छ । हाल कार्यसमिति ६१ जनाको छ । उद्घाटन समारोहमा कास्की र छिमेकी जिल्लाका कांग्रेस कार्यकर्ता र तरुण युवाहरु गरी ठुलो संख्यामा सहभागी भएका थिए । महाधिबेसनमा करिब १४ सय भन्दा बढि प्रतिनिधिहरुले भाग लिएका छन् । भक्तपुर र सप्तरीमा अधिबेसन नै नभएका कारण ७३ जिल्लाबाट सहभागी छन् ।

कमेन्टहरु
Loading...