टाइब्रेकरमा लाओसलाई हराउदै नेपाल सोलिडारिटीको कपको फाइनलमा

पोखरा, २७ कात्तिक/नेपालले लाओसलाई टाइब्रेकरमा हराउँदै सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २ -२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । हेमन गुरुंङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे । लगातार तीनै पेनाल्टीमा सफल भएपछि नेपालले लाओस्‌लाई टाइब्रेकरमा ३ -०ले हरायो।

लाओसविरुद्धको खेलको पहिलो पेनाल्टीमा हेमन गुरुङले गोल गरे । लाओसको पहिलो पेनाल्टी भने किरण चेम्जोङले बचाए। उनले दोस्रो गोल पनि रोके। नेपालको दोस्रो प्रहारमा विक्रम लामा सफल भए। नेपालका लागि अर्को गोल सुजल श्रेष्ठले गरे।
लाओसले टाइब्रेकरमा कुनै पनि गोल गर्न सकेन।  दुई प्रहार किरण चेम्जोङले बचाए भने एउटा प्रहार पोष्ट बाहिर गयो।

कमेन्टहरु
Loading...