नेपाल र लाओस बिच सेमिफाइनलमा भिड्दै ( live भिडियो) नेपाल -1 लाओस -1

पोखरा, २७ कात्तिक /नेपालले एएफसी सोलिडारिटी कपमा नेपाल र लाओस एक एकको बराबरीमा खेल चलेको छ । पहिलो हाप सम्ममा एक गोलले पछाडी परेको थियो ।

लाओसविरूद्धको सेमिफाइनल खेलको १८ मिनेटमा गोल खाएको हो। नेपाली क्षेत्रमा थ्रोको अवसर पाएको लाओसका लागि स्ट्राइकर झिसोङखम चाम्पाथोङले गरे। डिफेन्डर खाम्फोउमी हानेभिलेले नेपाली डिबक्समा थ्रो गरेको बललाई कप्तान साङभोने फिमासेनले दायाँ खुट्टाले चाम्पाथोङलाई उपलब्ध गराएका थिए।

नेपाली कप्तान विराज महर्जनले चाम्पाथोङलाई राम्रोसँग चेक नगर्दा नसक्दा उनले नेपालको गोल पोस्टमा सहज गोल गरे। यसअघि १४ मिनेटमा ‘वान भर्सेस वान’ बल अनन्तले जोगाएका थिए। दोस्रो हापमा नेपालका तर्फबाट विमल घर्ती मगरले एक गोल गरे । भरत खवासले दिएको पासमा हेड गर्दै गोल गरे ।

कमेन्टहरु
Loading...