पश्चिमाञ्चलका १० खेलाडी छनौट

पोखरा, २८ जेठ/जेठ ३१ गतेदेखि काठमाण्डौंमा हुने विद्यालयस्तरीय राष्ट्रिय जुनियर च्याम्पियन कराँते प्रतियोगिताका लागि पश्चिमाञ्चलका १० खेलाडी छनौट भएका छन । पोखरामा मंगलवार सम्पन्न छनौट प्रतियोगिताबाट पुरुष ३७ केजीमा कास्की निलगीरी इङ्लिस बोर्डिङ स्कुलका अविनास लामा, ४२ केजीमा कास्की रिभरडेल बोर्डिङ स्कुलका कृष्ण केसी, ५२ केजीमा कास्कीकै पोखरा एकेडेमीका सम्पुर्ण गुरुङ र ५२ केजीमा म्याग्दीका सुमन बानिया उत्कृष्ट बन्दै छानिएका हुन ।

यसैगरी महिला तर्फ ३५ केजी तर्फ कास्की स्टेप वाई स्टेपकी सविना थिङ, ४० केजीमा कास्की कै न्यु मुनलाईटकी विपना आचार्य, ४५ केजीमा कास्की बालमन्दिरकी रुविस्का तामाङ र ५० केजीमा म्याग्दीकी विना घर्तीमगर छनौट भएकाछन । यसरी नै पुरुष काता तर्फ म्याग्दीका चन्द्र बुढा र महिला कातामा कास्कीकी रुविस्का तामाङ छनौट भएको प्रशिक्षक फत्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...