टेलिकम संगको मैत्रीपुर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार विजयी

पोखरा, २७ कात्तिक /नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंच विच सम्पन्न २०÷२० मैत्रिपुर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर वेटिङ्ग गरेको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रन बनाएको थियो ।

मंचको तर्फ बाट विनोद लामिछानेले सर्वाधिक १७ रनको योगदान दिए । यसै गरि मैचका तर्फ वाट सुनिल पौडेल ११, सुदिप गुरुङ्ग ३, सुजन पौडेल ३, लोकेन ढकाल २, केशव पाठक २, एम वि आस्था ले १ र सुरज श्रेष्ठले १ रनको योगदान दिए । मंचका गणेश पौडेल भने शुन्य मा आउट भए भने उमेश पुन नट आउट रहे । टेलिकम को तर्फ वाट माधव खत्रीले सर्वाधिक विकेट ५ विकेट लिए । मंचले १२ रन एक्स्ट्राको रुपमा पाएको थियो ।

यसै गरि नेपाल टेलिकम भने मंचका वलरको कसिलो वलरका सामु टिक्न भने सकेनन । १२.३ वलमा नै अल आउट हुन पुगेको नेपाल टेलिकम ५० रनमा समेटियो । मंचका तर्फ वाट कसिलो वलिङ्ग गर्दै पहिलो ओभरमा नै लोकेन ढकालले मेडन ओभर गरे । लोकेनले आफ्नो ४ ओभरको स्पेलमा ५ विकेट लिए । नेपाल टेलिकमलाई अल आउट गर्न सुनिल पौडेलले ३ र गणेश पोडेलले २ विकेट लिए ।

यता टेलिकमका माधब खत्रीले १५ रनको योगदान दिए पनि टेलिकमका भरपर्दा भनिएका शुरेस वन्जाडे, भिकेन्द्र तञ्डुकार, विनोद तिमिल्सीना, उज्वल पोख्रेल, कुमुत महतो शुन्यमा आउट भए । नेपाल टेलिकमका लागि उमेश घिमिरे २, कृष्ण सुवेदी २ र शंकर थापाले ३ रन बनाए । नेपाल टेलिकमले २५ रन एक्स्ट्रा पाएको थियो ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै मंचका सल्लाहाकार एवम नेपाल पत्रकार महासंघ कास्काीका अध्यक्ष राम कृष्ण ज्ञवालीले यस प्रकारका मैत्रीपुर्ण खेलले पत्रकारहरुलाई खेल पत्रकारीता अनुभव संगाल्न र कर्पोरेट हाउसहरु संगको आत्मियता वढाउन सहयोग पुग्ने वताए ।

कार्यक्रममा नेपाल टेलिकम पोखरा शाखाका निमित्त प्रमुख रोजन्द्र कुमार दाहाल, गाएक प्रमोद खरेल, टेकिमका व्यापार अधिकृत राजेश रेग्मी, जिल्ला क्रिकेट संघ कास्कीका सचिव संजयकान्त सिग्देल, टेलिकमका टिम क्यापटेन शकर थापा र मंचका टिम क्यापटेन मन क्षेत्रीले आ–आफ्ना धाराणा राखेका थिए । कार्यक्रम नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...