महाअभियोग प्रस्ताव टुंगोमा पुग्छ –नेता पुन

सागर राज तिमिल्सिना
पोखरा, २७ कात्तिक/नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारको १०० दिन राम्रो काम गरी सफलताापूर्वक अघि बढेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले पोखरामां आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले नेपाल भारत सम्बन्धलाई राम्रो बनाउनु नै यो सरकारको उपलब्धी भएको बताए ।

पुर्व अर्थमन्त्री समेत रहेका पुनले अहिलेको सरकारले भारत र चिन दुबै सँग सम्बन्ध राम्रो बनाउदै अगाडी बढेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बाहिरबा सरकालाई घेरा बन्दी गरे पनि पार्टी भित्रबाट भने अहयोग नै भएको बताए । नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग तीन दल नै मिलेर टुंगोमा पुग्ने दावी गरे ।

नेता पुनले अख्तियारले राज्यका सवै संयन्त्रलाई आतंकित पार्न खोज्ने, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुख स्वं नै भ्रष्ट्राचारमा लोलुपत हुने र पदीय दुरुपयोग गरेकोले प्रमुख तीन राजनैतिक दलहरु यस महाअभियोगको प्रस्ताव पारित गराउने टुंगोमा पुगे उनको जिकिर थियो । उनले संविधान संशोधन गरी मधेशी मोर्चाका असुन्तुष्टीलाई सम्वोधन गर्न यसै महिनाको अन्तिम सम्ममा संसदमा प्रस्ताव लैजाने बताए ।

कमेन्टहरु
Loading...