पोउवा संघमा नेपाली सेनाका मेजरहरु

पोखरा, २७ कार्तिक / नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सि।सं। कमाण्ड तथा स्टाफ तालीमका शिक्षार्थीहरुले आन्तरिक अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको भ्रमण गरेका छन् ।

महासेनानी पदमबहादुर सिँहको नेतृत्वमा रहेका प्रशिक्षार्थी मेजरहरुको सो टोलीलाई स्वागत गर्दै पोखराि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले संघले निजी क्षेत्रको हक हित रक्षाका साथै सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा पु¥याएको योगदानको बारे जानकारी दिनुभयो ।

नेपाली सेनाले नेपालको निजी क्षेत्रसँग यसका गतिविधी तथा पोखराको पर्यटन उद्योगको अवस्थाबारे जानकारी लिनु सुखद संयोग भएको बताउँदै उहाँले नेपाली सेनाले विकास निर्माणको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गर्दै सोही अनुसारका गतिविधी संचालन गर्दै आएको उहाँले प्रष्ट पार्नुभयो । प्राकृतिक रुपले सुन्दर पोखराको मुख्य व्यवसाय पर्यटन नै भएको बताउँदै उहाँले पर्यटन उद्योगको विकासबाट नेपालको सम्वृद्धि सम्भव भएको धारणा राख्नुभयो ।

कार्यक्रममा पोखराको पर्यटनबारे कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय पर्यटन परीषदका सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले पोखरालाई केन्द्र मानेर यो क्षेत्रको पर्यटन विकासको अभियान थालिनु पर्नेमा जोड दिनुभयो । प्रदेश नम्बर ४ को प्रस्तावित राजधानीको रुपमा रहेको पोखरा र यो क्षेत्रमा भएका महत्वपूर्ण पर्यटकीय संरचनाहरुको बारेमा जानकारी दिँदै उहाँले पदयात्रा मार्गको संरक्षण, विमानस्थल लगायतका भौतिक संरचनाहरुको निर्माण तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार यहाँका पर्यटन उद्योगको आवश्यकता भएको बताउनुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै तालीमका प्रमुख शिक्षक महासेनानी पदमबहादुर सिँहले पोखरा उद्योग वाणिज्य संघसँग भएको अन्तरक्रिया फलदायी भएको बताउनुभयो । तालीममा सहभागी शिक्षार्थीहरुले सो अवसरमा सुरक्षा निकायले नेपालको पर्यटन प्रवद्र्धनमा पु¥याउन सक्ने योगदानको बारे आ–आफ्ना धारणा समेत राख्नुभएको थियो । कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी तथा कार्यसमिति सदस्य नारायणप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...