बालिका करणी गर्ने पूर्व सभासद जेलमा

रामकृष्ण ज्ञवाली
पोखरा, २८ जेठ/आफ्नै घरमा काम गर्न राखेकी बालिकाको यौन शोषण गरेको अभियोग लागेका पूर्व सभासद तथा एनेकपा माओवादीका नेता सफिक मिया जेल चलान भएका छन् । गत कार्तिक महिना देखि फरार मिया सोमबार जिल्ला अदालत कास्कीका म्याद बुझ्न आएका थिए ।

मियासंग बयान लिए लगत्तै जिल्ला अदालत कास्कीका न्यायाधिश बालमुकुन्द दवाडीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत कास्कीका श्रेष्तेदार बासुदेव न्यौपानेले जानकारी दिएका छन् । कार्तिक महिनामा बालिका करणीको अभियोग लागे लगत्तै पूर्व सभासल मिया फरार थिए ।

गत कार्तिकमा जिल्ला प्रहरी कार्यालय कास्कीमा बालिकाकी आमाले पूर्व सभासद मिया विरुद्ध उजुरी दिएकी छन् । नियमित बलात्कारको शिकार भएकी भनिएकी बालिकालाई मध्यरातमा प्रहरीले मियाको घरबाटै उद्दार गरेको थियो । मियाले कहिले धम्की र कहिले प्रलोभनमा पारेर प्राकृतिक र अप्राकृतिक यौन सम्पर्क राख्दै आएको बालिकाले बताएकी थिइन ।

 

कमेन्टहरु
Loading...