मंसिरदेखी तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने

काठमाडौं, २५ कात्तिक/सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०को ट्रायल परीक्षामा फेल भए अब तीन महिना नकुरी पुन परिक्षा दिन पाइने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको आजको नयाँ पत्रिकामा खबर छ ।

दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो। संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन पाउने प्रावधान रहेको र मंसिरदेखि त्यसलाई कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन नियमावली संशोधन भएयता देशभरि लाइसेन्स परीक्षा रोकिँदै आएको छ। सफ्टवेयर अपडेट गरेर मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिने पाण्डेले बताए। हरेक महिना १५–१६ हजार सर्वसाधारणले लाइसेन्स परीक्षा दिने गरेका छन्। विभागले उपत्यकालगायत अञ्चल यातायात कार्यालयहरूमा क्षमता विस्तार गरी नयाँ नियमावली कार्यान्वयन गर्न लागेको हो।

 

कमेन्टहरु
Loading...