‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ जितेको माउण्ट कैलाशलाई युवा संघको सम्मान

पोखरा २५ कात्तिक। गुणस्तरिय सेवा प्रदान गरे वापत विश्व प्रशिद्ध ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ जित्न सफल पोखराको लेकसाईड स्थित माउण्ट कैलाश रिसोर्टलाई युवा संघले सम्मान गरेको छ । विहिवार युवा संघ पोखरा वडा नम्वर ६ को अधिवेशनको अबसरमा माउण्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईलाई सम्मान गरिएको छ । उनलाई युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरेका थिए ।

सम्मानपछि भट्टराईले माउण्ट कैलाश रिसोर्टले प्राप्त गरेको अवार्डले पोखरा सहित नेपालका होटल एबं रेष्टुरेन्टको गुणस्तरीयता बृद्धि गरेको बताए । उनले आगामी दिनमा गुणस्तरीय सेवा प्रवाहको लागि प्रतिबद्ध रहेको समेत स्पष्ट परे ।सेवाको गुणस्तरीयताका आधारमा विश्वभरका विभिन्न क्षेत्रको उत्पादनमुलक कम्पनी तथा सेवा प्रदायक कम्पनीलाई प्रदान गर्ने गरिएको अवार्ड माउण्ट कैलाश रिसोर्टले हात पारेको थियो ।विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआइडी )नामक अन्तराष्ट्रिय संस्थाले रिसोर्टलाई बिड गोल्स्टार अवार्ड अन्तर्गत ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको थियो ।

‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ जितेको माउण्ट कैलाशलाई युवा संघको सम्मान
‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ जितेको माउण्ट कैलाशलाई युवा संघको सम्मान

गत असोज ३० गते फ्रान्सको राजधानी पेरिसमा आयोजित कार्यक्रमका विच रिसोर्टका अध्यक्ष नरेश भट्टराई र प्रबन्ध निर्देशक शौमाया गुरुङ भट्टराईले अवार्ड ग्रहण गरेका थिए । गुणस्तरीय सेवा प्रवाहमा अवार्ड प्राप्त गर्ने माउण्ट कैलाश रिसोर्ट पहिलो नेपाली रिसोर्ट हो ।स्थापनाको ७ बर्ष पुरा गरेको रिसोर्टले यसअघि विभिन्न अन्तराष्ट्रिय अवार्डहरु समेत हात पारिसकेको छ । बिआइडी नामक संस्थाले विश्वभरका विभिन्न क्षेत्रमा संलग्न कम्पनीहरुका सेवाको गुणस्तरीयता मुल्याङ्कन गरी बार्षिक रुपमा अवार्ड प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...