अभिनेता माओत्से गुरुङलाई १० वर्ष जेल, २ लाख जरिवाना !

रेम बिक

पोखरा, २५ कात्तिक/अभिनेता माओत्से गुरुङलाई २ लाख रुपैयाँ जरिवाना र १० वर्षका लागि थुनामा परेका छन् । उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिईसकेको छ । एउटी महिलालाई बोक्सीको आरोप लगाएपछि उनलाई यस्तो खाले सजाँय सुनाईएको हो ।

फिल्म ‘पुरानो डुंगा’ प्रदर्शन हुने समय नजिकिँदै गर्दा माओत्सेलाई यी सबै सजाँय किन सुनाईयो त ? यी सबै कुरा वास्तविक भने होईनन् । फिल्म ‘अग्नीदहन’का लागि माओत्से गुरुङलाई यी सबै गर्नुपरेको हो । फिल्ममा उनी एउटा धामी हुन्, जसले एउटी महिलालाई बोक्सी भनेर समाजबाट तिरस्कृत हुन बाध्य बनाउँछ ।

‘खासमा म यो फिल्ममा चन्द्रमान धामी नामको क्यारेक्टरमा देखिँदैछु ।’ सुटिङ स्थलमा केहि छिन थकान मार्दै माओत्सेले भने–‘र, विनाकारण मेरो शक्ति देखाउनका लागि एक जना गरिब महिलालाई मैले बोक्सी भएको आरोप लगाउँछु । त्यसपछि प्रहरी आएर मलाई समाउँछ अनि अदालतले यस्तो खाले सजाँय सुनाउँछ ।’ यद्यपी यी सबै कुरा फिल्ममा मात्र हुने माओत्सेले बताए ।

बोक्सीको आरोपमा थुप्रै नेपाली नारीहरुले भोगेको दुख अनि सास्तीको विषयमा आधारित रहेर फिल्म ‘अग्नीदहन’ निर्माण भएको हो । यो फिल्मको छायाँकन अन्तिम चरणमा पुगेको छ । फिल्मलाई यसअघि धौली निर्देशन गरेका घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको फिल्ममा माओत्से गुरुङसँगै अर्का पाका अभिनेता प्रकाश घिमिरे पनि देखिँदैछन् । फिल्ममा अनुपमा भण्डारी, नविन घायल, प्रमिला तुलाचन, तुलसा जिसी लगाएतका कलाकारहरुको अभियन रहेको छ ।

कमेन्टहरु
Loading...