तरुण दलको पोखरामा हुने चौथो महाधिवेसनको तयारी पुरा

सागर राज तिमिल्सिना
पोखरा, २५ कात्तिक/नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशनको तयारी पुरा भएको स्थानीय आयोजनकले जानकारी दिएको । नेपाल तरुण दल कास्कीले पोखरामा पत्रकार सम्मेलन गरि कात्तिक २७ देखि २९ गते सम्म पोखरामा हुने महाधिवेशनको तयारी पुरा भएको कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । अधिबेसनमा करिब १३ सय भन्दा बढि प्रतिनिधिहरुले भाग लिने जानकारी दिए ।

नेपाल तरुण दल सचिवालय सदस्य मेखलाल श्रेष्ठले महाधिवेशनमा ७३ जिल्लाबाट सहभागी हुने जानकारी दिए । उनले भक्तपुर र सप्तरीमा अधिबेसन नै भएका कारण सहभागी हुन नपाउने श्रेष्ठले बताए । उनले ३ जिल्लामा क्षेत्रिय प्रतिनिधिहरुको छनौट भइसेको र जिल्लामा विवाद भएका कारण मिलाउने प्यास भई रहेको बताए । उनले चुनावको दिन २० ठाउँमा भोट हाल्ने व्यवस्था मिलाउन लागेको समेत बनाए ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न २२ उपसमिति गठन गरि काम भई रहेको जानकारी दिए । उनले आवास, प्रचार प्रसार र भोजन लगायत अन्य व्यवस्थापनको काम भइरहेको बताए । महाधिवेशनमा जिल्ला, क्षेत्र, नगर, विदेश विभाग र मनोनित गरी प्रतिनिधिहरुको सहभागीता रहने बताए । महाधिवेशन सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा नेपाली काग्रेस कास्कीका अध्यक्ष कृष्ण केसी, नेपाल तरण दलका केन्द्रिय सदस्य ऋषि काफ्ले लगाएतले महाधिबेसनका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...