सागर राज तिमिल्सिना
पोखरा, २५ कात्तिक/पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई बुधबारदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण वढाउने भएकोले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिक मुक्त वनाउने उद्धेश्यले निषेध गरेको हो ।
उपमहानगरपालिकाले यस अभियानलाई सफल पार्न बिहीबार देखि बजारमा अनुगमन सुरु गर्ने र अनुगमनमा खटिएको टोलीले निषेध गरिएका ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐन अनुसार उनीहरुको कसुर हेरी कानून अनुसार पाँच देखि १५ हजार सम्म जरिवाना गर्ने बताइएको छ ।
यस्तै पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदी र स्याङ्गजाको सिमानामा पनि अनुगमन टोली खटाई यसको नियन्त्रणमा समेत कडाई गरिने भएको छ । घोषण सभामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार वहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको घोषणा गर्दै घरदेखि शहर सफाई गर्ने अभियानमा जुट्न सवै नगरवासीहरुसंग आग्रह गरे ।
घरभित्र उत्पादन भएका कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै तरीकाले व्यवस्थापन गर्नु पर्नेमा जोड दिंदै उहांले नगरको विकासमा उपमहानगरपालिका र स्थानीय जनता होस्टेमा हैसे गर्दै अघि वढ्नु पर्ने धारणा राखे । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना यो अभियानलाई सफल गराउन नगर वासीलाई आग्रह गरे । यस अघि पोखराको चिप्लेढुंगाबाट निस्केको र्याली नगर परिक्रमा पछि पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
यस अघि गत १ बैशाख ०७३ देखीनै पोखरामा ति बस्तु प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको भएपनि ब्यबसायि अदालत गएपछि रोकिएको थियो । पुनराबेदन सगै सबोच्च अदालतल पुगेका ब्यबसायिलाई दुबै अदातल उनिहरुको बिपक्षमा उभिएर नगरपालीकाले कामलाई निरन्तरता दिएको हो । नगरपालिकाले प्लाष्टिक प्रयोगले मानव स्वास्थ्यमा गरेको असर सगै बाताबरणमा समेत प्रदुषण बढाएको भन्दै ०६७ साउन १ गतेबाट पोखरालाई कालो प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरेको थियो ।
हाल प्लाष्टिक ब्यबसायि संघ पोखरामा १ सय २५ बटा ब्यबसायि फर्म दर्ता रहेका छन भने उनिहरुले पोखरा सगै आसपासका क्षेत्रमा कारोबार गरिरहेका छन् । पोखरामा हाल बार्षिक रुपमा करिब ३५ करोड बराबरकको प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलासको कारोबार हुने ब्यबसायिहरुको भनाई छ ।