तरुण दलको महाधिवेशनका लागि भेला

पोखरा, २५ कात्तिक/ नेपाली कांग्रेस कास्कीले पोखरामा हुने नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी बुधबार समन्वयात्मक भेला गरेको छ। भेलामा कांग्रेस र तरुण दलका एकाईका सभापति एवं पदाधिकारीहरुको सहभागिता रहेको थियो।

भेलाले तरुण दलको महाधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सवै खाले सहयोग गर्ने निर्णय गरेको कास्की कांग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए। नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सीले महाधिवेशनको उद्घाटन सत्रमा सवै क्रियाशील सदस्यहरु सहभागि हुने गरी काम गर्न एकाई सभापतिहरुलाई निर्देशन दिए।

तरुण दलको महाधिवेशन हामै कास्की जिल्लामा हुदैछ, यो हाम्रा लागि खुशीको विषय हो उनले भने – ‘यसलाई भव्य बनाउन पार्टी, भातृ संस्था, शुभेच्छुक सबै लाग्नुपर्छ।’ तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले महाधिवेशनले युवा तरुणलाई उत्साहित बनाएको उल्लेख गरे।

नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सांसद यज्ञबहादुर थापा, कांग्रेस क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, क्षेत्र नं ४ का सभापति पोषनाथ शर्मा लगायतले बोलेका थिए। तरुण दलको महाधिवेशन कात्तिक २७ गतेदेखि पोखरामा शुरु हुदैछ। महाधिवेशनको उद्घाटन २७ गते पोखरा चिप्लेढुङगामा शिर्ष नेताहरुको उपस्थितिमा गरिदैछ।

कमेन्टहरु
Loading...