अपर मादीको २५ मेगावाट विद्युत मंसिरबाट थपिने

रोहितराज पराजुली /पोखरा, २४ कात्तिक /कास्कीको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करिब ९९ प्रतिशत निमार्ण सकिएको र आउदो मंसिर पहिलोसाताबाट परिक्षण प्रसारण सुरु गरि केहि खराबि नदेखिए त्यसको १ महिना भित्र उत्पादित बिधृत कास्कीको लेखनाथमा रहेको सबस्टेशन मार्फत केन्द्रिय प्रसारण लाईनमा जोडिने भएको छ ।

कास्कीको सिल्दूजुरे र नार्माजुङ गाउँ विकास समितिको बिचमा पर्ने सिल्दुजुरे ४ चासुमा निमार्ण भै रहेको २५ मेगाबाट क्षमताको सो आयोजनाको काम २५ मंसिर ०६९ मा सुरु भएको थियो भने १३ पुस ०६९ गते तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले शिलन्यास गरेका थिए ।  ५ अर्ब ५८ करोडको लागतमा २८ महिनामा अर्थात ०७१ चैत्र मसान्तमा सम्पन्न गर्ने लक्ष्य आयोजनाको भएपनि सुरुङ निमार्णका क्रममा आएको पहिरो , भुकम्प र भारतीय नाकाबन्दिका कारण निधारित समयमा काम सम्पन्न नहुदा आयोजनाको लागत करिब १ करोड ५० लाख तथा निमार्ण समय करिब १६ महिना लम्बिन पुगेको छ ।

यस सगै नेपाल सरकारको नितीगत अस्पष्टताका कारण आबश्यक सामान तथा उपकरण भन्सार छुटाएर ल्याउदा ढिलाई भएकाले पनि लागत तथा समय बढेको आयोजना अध्यक्ष विजय मल्लले जानकारि दिए । चीनको सबैभन्दा ठूलो जलविधृत सम्बन्धि काम गर्ने थ्रि गर्जेज कम्पनीको ८० प्रतिशत ऋण सहयोग र नेपालको निजी क्षेत्र मादी पावरको २० प्रतिशत लगानीमा आयोजनाको निमार्ण गरिएको समेत मल्लले बताए । आयोजनाको डिजाइन , सुपरिवेक्षण तथा अन्य सम्पूर्ण प्राविधिक काम चीनको श्रीद्धी कल्सल्टेन्सी तथा निमार्णको ठेक्का चिनिया कम्पनी सिनो हाइडले इपिसी मेडेलको अवधारण अनुसार पाएको समेत मल्ले जानकारि दिए ।

आयोजना निमार्णको क्रममा ०७० भाद्रमा पहिरो जादा एक मजदुरको मृत्यु भएको थियो । १३ वैशाख ०७१ मा पुन सोहि स्थानमा माथिबाट आएको पहिरोको कारण १६ जना मजदुर सुरुङभित्र थुनिएका थिए । उनिहरुमध्ये १३ जनाको १५ घण्टापछि सकुशल उद्धार गरिएको थियो भने बाकि ३ जनाको मृत्यु भएको थियो । त्यसपछि २१ असार ०७१ मा निमार्णधिन सुरुङ माथिबाट आएको ढिस्कोले पुर्दा ८ जना मजदुर घाईते भएका थिए ।

लगातार माथिबाट पहिरो आएपछि खनिएको करिब १ सय ३५ मिटर लामो सुरुङलाई रद्ध गरि करिब ५ सय मिटर तल सारेर फेरि खन्न परेकाले पनि समय बढेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारि दिए । त्यसपछि ०७२ बैशाखमा आएको भुकम्प र लगतै भारतले गरेको नाकाबन्दिका कारण ईन्धन अभाब र अन्य कारण गरि करिब ७ महिना काम ठप्प भएको बरालले बताए ।

आयोजनाको लागि सिल्दुजुरे ४ स्थित चासुबाट सुरुङ खन्न सुरु गरि सोही गाविसको वडा नं ९ अन्तर्गत पर्नेे बाहुनडाँडाको गहिरीखेतसम्म गरि ४ हजार ३ सय मिटर लामो सुरुङ बनाएर आयोजनाको विद्युतगृह निर्माण गरिएको छ भने बिधृत उतपादनका लागि १२.५ मेगाबाट क्षमताका २ बटा टरर्वाइन राखीएको छ । उत्पादित बिधृत स्टेशनसम्म ल्याउन ३२ बटा टाबर मार्फत करिब १०.५ किलोमिटर टाढा रहेको लेखनाथ ल्याईएको छ ।

कमेन्टहरु
Loading...