डोनाल्ड ट्रम्प अमेरिकीका ४५ औ राष्ट्रपतिमा विजयी

पोखरा, २४ कात्तिक/अमेरीकाका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्। ट्रम्प २७६, क्लिन्टन २१८ इलेक्टोरल मत आएको छ ।

निर्वाचित भए पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वार्थलाई पहिलो प्राथमिकतामा राखे पनि सबै राष्ट्रसँग उचित र निष्पक्ष व्यवहार गर्ने बताएका छन्। विजयी भाषणका क्रममा ट्रम्पले उक्त कुरा बताएका हुन्।

भाषणका क्रममा उनले कुनै चर्को कुरा बोलेनन् र उनी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनप्रति पनि नरम रूपमा प्रस्तुत भए। ‘मलाई भर्खरै सेक्रेटरी क्लिन्टनले फोन गरिन् र हाम्रो जीतका लागि बधाई दिइन्।

कमेन्टहरु
Loading...