प्रेमीको हत्यारा गरि उजुरी

काठमाडौ, २४ कात्तिक /केही दिन पहिल काठमाडौमा भएको बोरामा सव भेटियो । कस्को हो भन्ने समेत थाहा भएन । प्रहरीले अनुसन्धान आगडी बढायो । डेराबाट निस्किएकी २३ वर्षीया छोरी एलिसा नेपाली नफर्किएपछि उनको परिवार छोरी हराएको निवेदन लिएर कात्तिक १३ मा महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकु पुग्यो ।

अघिल्लो दिन बिहान डेराबाट निस्किएकी छोरी ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिन प्रहरी कार्यालय पुगेका एलिसाको परिवारसँगै थिए १९ वर्षीय मुक्तिनाथ लामिछाने । एलिसाको परिवार आत्तिएको थियो, लामिछाने दुस्खी थिए । युवती हराएको निवेदन आइरहने भएकाले प्रहरीले यो केसलाई पनि खास ठानेन । र, फोटो लिएर खोजीका लागि सर्कुलर गर्छौं भन्दै उनीहरूलाई फिर्ता पठायो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

निवेदन दिएकै दिन एलिसाको मोबाइलबाट उनका बुबालाई फोन आयो । छोरी फेला परिन् भनेर दंग परेर मोबाइल उठाएका उनी झसंग भए । छोरीको फोनबाट एक युवक बोलिरहेको थियो, त्यो पनि हिन्दीमा । उसले छोरी चाहिने भए १ करोड ५० लाख रुपैयाँ फिरौती माग्यो । उनले तत्काल प्रहरी महाशाखामा फोन गरेर यसबारे जानकारी दिए । यसपछि पनि परिवार प्रहरी कार्यालय पुग्यो । यसरी जाँदा हरेक पटक परिवारसँग लामिछानेसँगै हुन्थे ।

टाउकोका गम्भीर चोट लागेको अवस्थामा फेला परेको शवको अनुमानित उमेर र हुलिया हराएकी भनिएकी एलिसासँग मिलेपछि महाशाखाले उनको परिवारलाई खबर गर्‍यो । खबर आएको तेस्रो दिन अस्पतालमा रहेको शव हेर्न पुगेका एलिसाको परिवारले शवको पहिचान गरे । त्यसको दोस्रो दिन एलिसाको हत्यामा संलग्न रहेको आरोपमा तिनै लामिछाने पक्राउ परे । हत्याको कारण देखियो सम्बन्धमा उब्जिएको शंका । अुनसन्धानमा संलग्न महाशाखाका प्रहरी अधिकारीका अनुसार ठिमी बस्ने लामिछाने र एलिसा बूढानीलकण्ठमा रहेको रिफ वाटर प्रोसेस नामको पानी फ्याक्ट्रीमा काम गर्थे । सँगै काम गर्ने क्रममा यी दुवैबीच प्रेम सम्बन्ध बन्यो ।

कमेन्टहरु
Loading...