तीनै स्ट्राइकरको तीन गोलमा नेपाल सेमिफाइनलमा, ब्रुनई ३- ० ले पराजित

पोखरा, २३ कात्तिक/नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबारको खेलमा ब्रुनईलाई ३–० गोलअन्तगरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

नेपालले १० वर्षअघि एएफसी च्यालेन्ज कपमा ब्रुनईबाट भोगेकोे पराजयको बदला समेत लिएको हो । जित दिलाउन नेपालका तीनवटै स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरे ।

आजको खेलमा मिडफिल्डमा नायक हेमन गुरुङ पनि थिए। डिफेन्डर अनन्त तामाङको खेल पनि आज स्तरिय थियो। पहिलो हाफको निर्धारित ४५ मिनेटपछि थप गरिएको अतिरिक्त २ मिनेटको समयमा स्टार स्ट्राइकर नवयुगले गोल गर्दै नेपाललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। बाँकी दुई गोल ७२ मिनेटमा भरत र ८० मिनेटमा विमल घर्तीमगरले गरे।

कमेन्टहरु
Loading...