भुकम्पबाट क्षतीग्रस्त भएको गोर्खा गाइखुर स्थित रजगरे माविलाई नयाँ भवन हस्तान्तरण

गोर्खा २३ कार्तिक।

भुकम्पबाट क्षतीग्रस्त भएको गोर्खा गाइखुर स्थित रजगरे माविलाई नयाँ भवन हस्तान्तरण
भुकम्पबाट क्षतीग्रस्त भएको गोर्खा गाइखुर स्थित रजगरे माविलाई नयाँ भवन हस्तान्तरण

अष्ट्रेलियन नर्थ टेरिटोरीको डार्विन सहरमा बसोवास गर्ने गैरआवासिय नेपालीहरुले गोरखाको गाइखुरमा विद्यालय भवन निर्माण गरिदिएका छन । नेपलिज एशोसिएसन अफ नर्दन टेरिटोरिज अष्ट्रेलिया एनएएनटी र एन आर एन अष्टेलियाको आर्थिक सहयोग एवं सिभिल इन्जीनियरिङ ९९ ब्याजको प्राविधिक सहयोगमा गाइखुर गाबिसको रजगरे माध्यामिक विद्यालयको दुइकोठे पक्की भवन निर्माण गरिएको हो । हालै एक कार्यक्रम गरी सो भवन उद्घाटन तथा हस्तान्तरण गरेको हो ।

सो समारोहमा एन आर एन एएनटीका अष्ट्रेलिया उपाध्यक्ष निरज गुरुङले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गोविन्द बराकोटीलाई भवन हस्तान्तरण गरेको  एन आर एन अष्टे«लियाका पूर्व उपाध्यक्ष तथा एन ए एनटीका पूर्व अध्यक्ष प्रकाश आचार्यले वताए ।भुकम्पबाट पिडितहरुको आवास, विद्यालय, स्वास्थ्यचौकी लगायतका भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न जुटाएको रकमबाट लाप्राकको चारसय १६ घरधुरी निर्माण गर्न एक करोड रुपैया एनआरएनलाई उपलब्ध गराएको एनएएनटीका पूर्व अध्यक्ष तथा अर्थ संकलन समितीका संयोजक नितेशराज पन्तले वताए ।

संकलित रकममध्ये १२ लाखको लागतमा रजगरे मावि निर्माण गरिएको सो अवसरमा जानकारी गराइएको थियो । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा एनएएनटीका कोषाध्यक्ष उर्मिला गुरुङ, नर्थ टेरीटोरीका नानी कुञ्ज, संयोजक मिनु गुरुङ लगायतको समेत उपस्थिती रहेको थियो । उनीहरुले सो बिद्यालयलाई कम्प्युटर प्रयोगशाला, पुस्तकालयका सामाग्रीहरु सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए । साथै भुकम्पले क्षतीग्रस्त अन्य बिद्यालयहरुको पुननिर्माणमा पनि सहयोग गर्दै जाने सिभिल इन्जीनियर ९९ ब्याजका दिपक कंडेलले वताए ।

कमेन्टहरु
Loading...