पोखरामा विश्व रेडियोग्राफी दिवसका अवसरमा सचेतना कार्यक्रम

पोखरा, २३ कात्तिक। विश्व रेडियोग्राफी दिवस तथा पाँचौ अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडियोलोजीकल सोसाइटीसंगको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेडियोलोजी विभागले सचेतना कार्यक्रम कार्यक्रम आयोजना गरेको हो । स्तनका रेडियोलोजिकल परिक्षणहरु र विकिरण सुरक्षाका विषयमा केन्द्रित सो कार्यक्रममा डा.श्याम पराजुलीले स्तनका रेडियोजिकल परिक्षणहरु तथा बिसर्जन शर्माले विकिरण सुरक्षा सम्बन्धि विषयमा सचेतनामुलक प्रस्तुतिहरु दिएका थिए ।

पोखरामा विश्व रेडियोग्राफी दिवसका अवसरमा सचेतना कार्यक्रम
पोखरामा विश्व रेडियोग्राफी दिवसका अवसरमा सचेतना कार्यक्रम (तस्बिर सौजन्यः अरुण क्षेत्री)

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व रेडियोलोजी विभाग प्रमुख डा.आनन्द बहादुर श्रेष्ठले गरेका थिए। नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रिय सचीव भीम थापा (अरुण) ले संचालन गरेको सो कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.कालू शर्मा सुवेदी,डा.श्रीकृष्ण श्रेष्ठ र डा. आनन्द बहादुर श्रेष्ठले विश्व रेडियोग्राफी दिवस एवं रेडियोलोजीको महत्त्वका बारेमा बोलेको थिए ।

रेडियोग्राफी दिवसका अवसरमा सचेतना कार्यक्रम
रेडियोग्राफी दिवसका अवसरमा सचेतना कार्यक्रम (तस्बिर सौजन्यः अरुण क्षेत्री)

सोही कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटी तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि सोसाइटीका केन्द्रिय सचीव भीम थापा(अरुण) र मेडिकल इमेजिङ्ग टेक्नोलोजीष्ट बिसर्जन शर्माले संयुक्त रुपमा तयार पारेका मेमोग्राफी तथा विकिरण जोखिम सम्बन्धि जनचेतना मुलक नेपाली पोस्टरहरुको अनावरण पनि गरिएको छ । एक्स रे विकिरण पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ का दिन विश्वभर रेडियोग्राफी तथा रेडियोलोजी दिवस मनाउने गरिदै आएको छ ।

कमेन्टहरु
Loading...