एनआईसी एशिया बैंकका पोखरामा दुई शाखा उद्घाटन

पोखरा, २३ कात्तिक /एनआईसी एशिया बैंकले मंगलबार एकैदिन विभिन्न पाँचवटा जिल्लामा सातवटा शाखा बिस्तार गरेको छ । गाउँका बासिन्दालाई बैंकिङ पहुँच पु¥याउनका लागि बैंकले शाखा बिस्तार गरेको हो ।

बंैकले मंगलबार कास्कीको बिरौटा र लेखनाथ, नवलपरासीको कावासोती र दलदले तथा बागलुङको बागलुङ बजार, कैलालीको अत्तरिया र नुवाकोटको बट्टारमा शाखा बिस्तार गरेको हो । सातावटा बिस्तार गरेपछि बैंकले शाखा संख्या ७६ वटा  पु¥याएको छ । त्यस्तै ६९ वटा एटिएम सेवा पुगेका छन् ।

पोखराको बिरौटा शाखाको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र लेखनाथ शाखाको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्घाटन गरे । शाखा बिस्तारसँगै बैंकको सञ्जाल ४१ जिल्लामा पुगेको छ ।

बैंकका हेड कर्पोरेट कम्युनिकेसन एण्ड ब्राण्डिङ अफिसर भानु दवाडीले जारी गरेको विज्ञप्तीमा शाखा सञ्जाल, पुँजी संरचना, वासलाताको आकार र ग्राहक संख्याको आधारमा बैंकले अग्रगती लिईरहेको उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...