‘दुई आत्माको अन्तर’ गायक हरिको एल्बम बजारमा

पोखरा, २३ कात्तिक / नवोदित गायक हरि पुनको एल्बम ‘दुई आत्माको अन्तर’ को मंगलबार पोखरामा विमोचन गरिएको छ ।
तरना म्यूजिक सेन्टरको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पुन समाजका उपाध्यक्ष एवं फिल्मकर्मी खिमन पुनले एल्बमको विमोचन गरे । एल्बममा समावेश ‘तिमिले छाड्यौं एक्लै पारी,’ गीतको रचना र स्वर हरि पुनको हो भने संगीत श्रीमान थुलुङले दिएका छन् ।

‘काफल डाँडा प्यारो मेरो’ मा शान्ती गुरुङको स्वर र धनबहादुर गुरुङको संगीत छ भने हरि पुनका शब्द हुन् । यस्तै ‘तिमिलाई भनि साचेको मैले’ बोलको गीतमा हरि पुनले स्वर भरेका छन् भने सुकु घलेको रचना र धनबहादुर गुरुङको संगीत रहेको छ । ‘के भयो र तिमिलाई’ बोलको गीतमा हरि पुनको स्वर रचना हो भने श्रीमान थुलुङले संगीत भरेका छन् ।

एल्बम विमोनचपछि प्रमुख अतिथि खिमनले संगीत धरासयी अवस्थामा रहे बेला स्रस्ष्टा हरि पुनले गरेको साहासलाई सम्मान गर्दै एल्बम सफलताको शुभकामना दिए । स्रस्ष्टा एवं गायक हरि पुनले एल्बम निकाल्न निकै मेहनत गरेकाले यसका राम्रा र नराम्रा पक्षबारे प्रतिक्रिया दिएर सहयोग गर्न सबैलाई आग्रह गरे ।

गजलकार अनुराग अधिकारीले एल्बमको समिक्षा गरेका थिए भने लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यमराज ढकाल, त्रिवेणी संगीतालयका प्रमुख नबराज बराल, साहित्यकार शकुन्तला जोशी लगायतले एल्बम सफलताको शुभकामना दिएका थिए । कार्यक्रम तरना म्यूजिक सेन्टरका संचालक एवं संगीतकार श्रीमान थुलुङको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...