सकारात्मक परिवर्तनका लागि परिवर्तन युवा समुह गठन

पोखरा, २२ कात्तिक । स्याङ्गजा फेदीखोलाका उत्साही युवाहरुले गाँउको विकास र सकारात्मक परिर्वतनका लागि परिवर्तन युवा समुह नामक सामाजिक संस्था गठन गरेका छन् । हालै सम्पन्न युवाहरुको भेलाले हुमबहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यिय तदर्थ समिती गठन गरेको हो ।भेलाले उपाध्यक्षमा सुर्य बहादुर अधिकारी, सचिव सृजना बराल खत्री, सह–सचिव डेल नारायण शर्मा, कोषाध्यक्ष मनोज कार्की र सहकोषाध्यक्षमा सरु केसीलाई चयन गरेको छ । यसैगरि सदस्यहरुमा पदमबहादुर अधिकारी, भिम प्रसाद शर्मा, लक्ष्मी कार्की, सपना खत्री, कृष्ण बहादुर कार्की, सञ्जित कार्की, सन्तोष कार्की, प्रकाश क्षेत्री र हितेश अधिकारीलाई चयन गरेको छ ।

समुहले स्थानिय काला भैरव उच्च माविमा ४२ वर्ष अध्यापन गरि अवकाश पाएका शिक्षक तारा बहादुर खत्रीलाई बिदाइ तथा सम्मान गरेको थियो । समुह गठन पश्चात गाँउमा सकारात्मक परिबर्तनका आशाहरु देखिएको समुहका अध्यक्ष हुमबहादुर खत्रीले बताए । समुहले बिद्यालय वरपर तथा स्याङ्गजा माथिल्लो खड्केटारी देखि वडाचौर सम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गर्नुका साथै  १४ थान डस्टविन वितरण कार्य पनि गरेको अध्यक्ष खत्रीले जानकारी दिए । उक्त डस्टविन भद्रकाली टायर रिसोलिङ्गले सौजन्य बापत उपलब्ध गराएको थियो ।

localhost/websites/bibek
ganthan.com

गाँउ सडक तथा बाटो झिलीमिली बनाउन समुहले झिलीमिली वरीपरी गाँउ अभियान चलाउने भएको छ । अहिले सम्म मन्दिर निर्माण र झिलिमिली अभियानका लागि ३ लाख ५० हजार रुपैया संकलन भइसकेको र अभियान र स्कुल परिसरमा सरस्वती मन्दिर निर्माणका लागि तिहारमा देउसी भैलो खेलेर उठेको सो रकम खर्च गरिने क्लबका कोषाध्यक्ष मनोज कार्कीले बताए । झिलिमिली अभियानकालागि सुर्यबहादुर अधिकारीको संयोजकत्वमा ७ सदस्यिय उपसमिती समेत गठन गरेको छ ।

कमेन्टहरु
Loading...