तारकाङ सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन

तारकाङ सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन
तारकाङ सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन

पोखरा २२, कात्तिक ।कास्कीको थुमाको डाँडा गाविसमा निर्मित तारकाङ सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको छ । विदेशी दाता र स्थानीयहरुको करीब ६६ लाखको लागतमा निमार्ण भएको स्वास्थ्य केन्द्रको १० कोठे पक्की भवनको सोमबार एक समारोहका विच पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् ।कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य मन्त्री अधिकारीले थुमाको डाँडा क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयलाई उपचारमा सहज हुने बताए ।

आफु मन्त्री हुदा उक्त केन्द्र सहित नेपालमा ११ हजार सामुदायिक केन्द्र स्थापनाको लागि पहल गरेको पनि उनले दाबी गरे ।फरक प्रसंगमा पुर्व मन्त्री अधिकारीले थुमाको डाँडा क्षेत्रबाट रोजगारको लागि बाहिर गएकाहरुलाई स्वदेमै फर्किएर काम गर्न आग्रह गरे ।वेलायतका रिचार्जले आफ्नी श्रीमतीको स्मृतिमा ४२ लाख रुपैया केन्द्र स्थापना गर्न सहयोग गरेका हुन भने ८ लाख रुपैया बराबरको जनश्रमदान र १६ लाख रुपैया स्थानीयबाट जुटेको उक्त भवन निमार्ण समितिका अध्यक्ष रुपनाथ सापकोटाले बताए ।

भवन उद्घाटनको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश कुमार चापागाई, समाजसेवि पुर्ण हेल्मो, विष्णु सापकोटा, हस्पिटलका संचालक यमनाथ सापकोटा लगायतले बोलेका थिए ।सो अवसरमा सोमबार केन्द्रमा निशुल्क एक दिने स्वास्थ्य शिविर समेत आयोजना भएको थियो ।पोखराको लेकसिटि हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको शिविरबाट २ सय ८० जना लाभान्वित भएको केन्द्रका सहयोग समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताए ।

कमेन्टहरु
Loading...