पोखरा, २२ कार्तिक/लायन्स क्लब अन्तराष्ट्रिय मल्टीपल डिष्ट्रिक ३२५ नेपालको लायन्स फेलोशिप प्रोग्रामको तयारी तिब्र पारिएको छ । आगामी मंसिर ४ गते शनिवार पोखरा नयाँबजार स्थित पोखरा पर्दशनि केन्द्रमा सम्पन्न हुन गैरहेको प्रोग्राममा मल्टीपल डिष्ट्रिक ३२५ नेपाल अन्र्तगत रहेका ४ वटा डिष्ट्रिक्टबाट करीव ७ हजार लायन्स सदस्यहरुकोे सहभागिता रहने छ ।
सो कार्यक्रममा नेपालबाट लायन्स अन्र्तराष्ट्रियमा प्रतिनिधित्व गरेका अन्र्तराष्ट्रिय डाईरेक्टर संजय खेतान सहित लायन्स हेड क्वार्टरका ४ जना उच्चपदस्त ब्यत्तिहरुको पनि सहभागिता रहने छ । फेलोशिप प्रोग्राम मुल ब्यवस्थापन समितिका संयोजक एवं डिष्ट्रिक ३२५ बि१ नेपालका डिष्ट्रिक्ट फेलोशिप कमिटी चेयरपर्सन बिमला श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि सोमवार सम्म करीव ३ हजार जनाले अग्रिम रजिष्ट्रेशन गरिसकेका छन । जस अनुसार मल्टीपल डिष्ट्रिक ३२५ नेपाल अन्र्तगत रहेका ४ वटा डिष्ट्रिक्ट मध्ये ३२५ बी १ बाट करीव दुई हजार जनाले अग्रिम रजिष्ट्रेशन गरी सकेका छन भने बाकी बी २, ३२५ ए १ र ए २ बाट रहेका छन् ।
मल्टीपल फेलोशिपलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि गठीत बिभिन्न २४ वटा उप समितिहरुले आ आफ्नो जिम्मेवारी अनुसारको कामलाई तिब्र रुपमा अगाडि बढाएका छन् । आईतवार बसेको प्रचार प्रसार तथा मिडिया समन्वय उप समितिको बैठकले बिभिन्न उप समितिहरुले गरेका गतिबिधिहरुलाई समेटेर समाचार प्रकाशन प्रशारण गर्ने निर्णय गरेको छ ।
सौन्दर्यताको गन्तब्य पोखरा नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा पोखराँ आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाँउ जीवनकै अविस्मणिय आनन्दको गन्तब्य हुने गर्दछ, यहाँको प्रकृति मात्र हैन, यहाँको आतिथ्यता र आत्मियताले जो कोहिलाई नै लोभ्याउने हुँदा कार्यक्रमलाई ऐतिहासिक बनाई सफल बनाउन सहयोग जुट्ने थलोको रूपमा पाएको फेलोशिप प्रोगामका सह संयोजक किशोर बरालले बताए ।
लायन्स लायन्स सस्यहरु विच आपसी भाइचाराको सम्वन्ध प्रगाढ बनाउने लक्ष्य राखेको उक्त कार्यक्रममा ४ वटै डिष्ट्रिक्टहरु बिच मैन्त्रीपुर्ण फुटवल, भलिवल, महिला कबड्डी, क्वीज कन्टेस्ट, रस्साकस्सी, युगल नित्य, म्युजिकल चेयर, अन्तर डिष्ट्रिक्ट दोहोरी गित प्रतियोगिता, बिबिध साँस्कृतिक कार्यक्रम, मौलिक खानाका परिकारहरु लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन । फेलोशिप प्रोग्राममा सहभागिता शुल्क प्रति ब्यक्ति ५ सय रुपैया रहेको र कार्यक्रम सम्पन्न गर्नका लागि करीव ३३ लाख ५० हजार रुपैया लाग्ने अनुमान गरिएको मुल ब्यवस्थापन कमिटीका कोषाध्यक्ष कमल बहादुर बस्नेतले बताए ।
लायन्स फेलोशिपको अगिल्लो दिन मंसिर ३ गते पोखरामै नेपालमा रहेका ४ वटै डिष्ट्रिक्टका बर्तमानदेखि पुर्व गर्भनरहरुको भेला हुदैछ । सो भेलामा नेपालका लायन्सहरुले सामाजिक क्षेत्रमा पुर्याएका योगदानहरुको समिक्षा गरिनुका साथै आगामी दिनमा गर्नु पर्ने कामहरुको बारेमा छलफल गरिने पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले जानकारी दिए । उक्त भेलामा करीव ५० जना पुर्व गर्भनरहरुको सहभागिता रहने श्रेष्ठले बताए ।
त्यस्तै मल्टीपल फेलोशिपको पुर्व सन्ध्यामा नेपालमा रहेका ४ वटै डिष्ट्रिक्टको क्याविनेट मिटिङ पनि पोखरामा सम्पन्न हुदैछ । मल्टीपल फेलोशिप एण्ड लायन्स फेस्टिभल कमिटी चेयरपर्सन एवं लायन्स डिष्ट्रिक ३२५ बि१ नेपालका निवर्तमान डिष्ट्रिक्ट गर्भनर धुर्व बहादुर थापाका अनुसार ४ वटा डिष्ट्रिक्ट मध्ये ३२५ बी १ को पोखरा सभागृह, ३२५ बी २ को रन्जित ईभेन्ट रानीपौवा, ३२५ ए १ को फुलवारी रिर्सोट र ३२५ ए२ पोखरा ग्राण्डमा एकै समयमा क्याविनेट मिटिङ सञ्चालन हुने छ । उहाँका अनुसार चारवटै डिस्ट्रिक्टका सदस्यहरूलाई एउटै थलोमा जम्मा गराई दुईदिने आत्मियता भाइचारा अभिबृद्धि कार्यक्रम गर्दै एक–आपसमा चिनापर्ची दुःख–सुखका आफ्ना अनुभव साटासाट गर्ने थलोका रुपमा बिकास गर्नका लागि यो कार्यक्रमको थालनी गरिएको बताए ।