पोखरालाई २४ गते प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी

रोहितराज पराजुली

पोखरा, २२ कात्तिक /पोखरा उपमहानगर पालिकाले पर्यटकीय नगर पोखरालाई प्लाष्टिकका काने झोला तथा गिलास मुक्त नगर घोषणा गरिने तयारी गरेको ।  कात्तिक २४ गते पोखरालाई पलष्टिकका काने झोला तथा गिलास मुक्त नगर घोषणा गरि २५ गते बिहीबारदेखी प्रयोगमा पुर्ण प्रतिबन्ध लगाउने भएको छ ।

सोमबार नगरपालिकाले सबै टोलसुधार संस्थाहरुको अध्यक्ष सगँ छलफल गरि पुर्ण प्रतिबन्ध लगाउने तयारी थालेको हो । यस अघि गत १ बैशाख ०७३ देखीनै पोखरामा ति बस्तु प्रयोगमा प्रतिबन्ध लगाउने तयारि गरेको भएपनि ब्यबसायि अदालत गएपछि रोकिएको थियो । पुनराबेदन सगै सबोच्च अदालतल पुगेका ब्यबसायिलाई दुबै अदातल उनिहरुको बिपक्षमा उभिएर नगरपालीकाको कामलाई निरन्तरता दिनु भनि गत असारमा फैसला गरेको थियो ।

त्यसपछि नगरपालीकाले गत साउन १ गतेदेखी ति बस्तु प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको भएपनि अदालको फैसलाको लिखित नआउदा हुन सकेको थिएन । त्यपछि नगरपालीमा प्रमुखको परिबर्तन सगै रोकिएको सो काम नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा नवराज ढुङ्गाना आएसगै निर्णय कार्यान्वनको काम अन्तिम चरणमा पुगेको हो ।

यस अघि नगरपालिकाले प्लाष्टिक प्रयोगले मानव स्वास्थ्यमा गरेको असर सगै बाताबरणमा समेत प्रदुषण बढाएको भन्दै ०६७ साउन १ गतेबाट पोखरालाई कालो प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरेको थियो भने त्यसको करिब ३ बर्षपछि ०७० सालबाट प्लाष्टिक झोला निषेध गर्ने निर्णय गरेको भएपनि हालसम्म कार्यान्बन हुन सकेको थिएन । त्यसपछि नगरपालिकाले पहिलोपटक ०७० कात्तिकमा निर्णय गरि सोही बर्षको चैत्र मसान्तबाट पोखरामा प्लाष्टिक झोला निषेध गर्ने निर्णय गरेको भएपनि नगरपालीकको नेतृत्ब परिबर्तन हुदा कार्यान्यनमा आउने सकेको थिएन ।

पोखराको बिच भाग भएर बग्ने फिर्के र बुलैदीबाट प्लास्टिक तथा अन्य थुप्रो फेवातालमा जादै गरेको । तस्विर ः रोहितराज पराजुली
पोखराको बिच भाग भएर बग्ने फिर्के र बुलैदीबाट प्लास्टिक तथा अन्य थुप्रो फेवातालमा जादै गरेको । तस्विर ः रोहितराज पराजुली

यस अघि बिरोधमा उत्रिएका ब्यबसायिहरु अदालतको निर्णय सगै पछि हटेका छन भने नगरपालीका अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै सजिलो समेत भएको छ । घोषणा कार्यक्रम सम्पन्न गर्न नगरपालीकाले सरोकारबालसंग छलफल सगै आवश्यक सल्लाह, सुझाव संकलन गरि मिती तय गरेको प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले जानकारि दिए । यसै गरि पोखरा उद्योग वाणिज्य संघले समेत पोखरालाई प्लाष्टिक झोला मुक्त बनाउने नरपालिकाको अभियानलाई सघाउने यस अघिनै प्रतिबद्धता जनाई सकेको छ ।

यस अघि नगरपालिकाको १८ औ र १९ औ नगरपरिषदबाट प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास प्रगोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने गत पुस ०७२ मा सम्पन्न २० औं नगरपरिषदले स्थानिय स्वयत्त शासन ऐन २०५५, फोहोरमैला ब्वबस्थापन ऐन २०६८ सगै प्लाष्टिक जन्य वस्तु निषेध कार्यिबधि २०७२ समेत पारित गरेको अधिकृत बरालले जानकारि दिए ।

बृहत पोखरा सरसफाई अभियान संचालन गदै आएका संयोजक एंब अभियान्ता नागरिक समाज पोखराका अध्यक्ष समेत रहेका रामबहादुर पौडेलले नगरपालिकाले गर्न लागेको कामले पोखरालाई अझ सुन्दर बनाउन सहयोग गर्ने बताउदै सहयोगका लागि सबैसग आग्रह गरे । प्लाष्टिकको प्रयोगबाट स्वास्थ्यमा सगै फालिएको प्लाष्टिकका कारण बाताबरणमा समेत नकारात्मक प्रभाव पार्ने भन्दै त्यस तर्फ सबै सचेत हुनुपर्ने उनको भनाई थियो ।

अधिकृत बरालले नगरपालिकाले अगाडि सारेको अभियानलाई सघाउन सरोकारबाला एंब व्यवसायीहरुसँग आग्रह गदै २५ गतेबाट बजारमा अनुगमन सुरु गरिने र अनुगमनमा खटिएको टोलील निषेध गरिएका ति बस्तु फेला पारे स्थानिय स्बायत ऐन अनुसार उनिहरुको कसुर हेरि कानुन अनुसार ५ देखि १५ हजार सम्म जरिबाना हुने बताए । पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदि र स्याङजाको सिमानामा अनुगमन टोली खटाएर कडाई गर्ने समेत उनले बताए ।

हाल प्लाष्टिक ब्यबसायि संघ पोखरामा १ सय २५ बटा ब्यबसायि फर्म दर्ता रहेका छन भने उनिहरुले पोखरा सगै आसपासका क्षेत्रमा कारोबार गरिरहेका छन । पोखरामा हाल बार्षिक रुपमा करिब ३५ करोड बराबरकको प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलासको कारोबार हुने ब्यबसायिहरुको भनाई छ ।

कमेन्टहरु
Loading...