एमालेको र मधेशवादी दलको अतिवादले देशले निकास पाएन ः नेता पौडेल

सागर राज तिमिल्सिना
पोखरा, २२ कात्तिक/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा एमाले र मधेशावादी दलको अतिवादी हठ् त्यागेर लचक हुनु पर्ने बताएका छन् । उनले देशलाई निकास दिन राष्ट्रियताका विषयमा बाहेक अन्य सवालमा लचक भएर अगाडी बढ्न सुझाब दिए । नेता पौडेलले एमाले र मधेसीदले अतिरिन्जत कुरा गरेर संबिधान सशोधनमा बखेडा थापेको वताए ।

नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयन अहिलेको चुनौती रहेको वताए । उनले मधेशवादी र जनजाती समुदायका गुनासालाई छिटो संविधान संशोधनवाट सम्वोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि वढ्नु पर्नेमा जोड दिए ।

उनले २०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुन सक्ने बताउदै उनले उपलव्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलव्धि गुम्न नदिन सवै राजनीतिक दलहरुसंग आग्रह गरे । नेपाली कांग्रेस पद्धती, प्रकृया, संस्थागत र समझदारी अघि वढ्नु पर्नेमा जोड दिए उनले पार्टी कार्यकर्ताहरुको सही मूल्यांकन भएमा मात्रै पार्टी एकता हुने बताए ।

उनले देशमा राजनैतिक स्थिरता र सुशासन भएमा मात्रै मुलुकमा आर्थिक क्रान्ति संभव हुने वताए । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के .सीले स्थानीय तहको निर्वाचन नजीक आईरहेकोले पार्टी कार्यकर्ताहरु गाउं गाउंमा गएर जनताको मन जित्नेगरी काम गर्नु पर्ने वताए ।

कमेन्टहरु
Loading...