पोखरामा यसरी मनाइयो छठ पर्व

पोखरा, २२ कात्तिक/छठ पर्वको अन्तिम दिन पोखरामा पनि उदाउदो सुर्यलाई अर्घ दिदै सम्पन्न भएको छ । आइतबार अस्ताउँदै गरेको सूर्यको विशेष पूजा गरेका थिए । परिवारसहित ब्रतालुहरुले उदाउदो सूर्यलाई अर्घ्य दिएर छठीमैयाको विशेष आराधना गरेका हुन् ।

पोखराको केदारश्वर स्थित फेवातालको किनार, नदिपुर र कालिखोलामा परिवार सहित श्रदालु भक्तजनको घुइँचो लागेको थियो । श्रद्धालुहरुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइलगायतका प्रसाद अर्पण गरेका थिए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ ।

पोखरामा यसरी मनाइयो छठ पर्व तस्विर ः सञ्जय शाक्य

कमेन्टहरु
Loading...