यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ

काठमाडौं, २२ कात्तिक /विद्युत प्राधिकरणले उपत्यका सहित प्रमुख सहरमा लोडसेडिङ हटाएको जनाएको छ । विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको आजको अन्नपूर्णमा छापिएको छ।

काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति मात्र गरेका हौ,’ घिसिङले भने,‘ भाँडोमा भएको बस्तुलाई बराबरी बाड्दा लोडसेडिङ हालका लागि हट्यो।’

प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो । घिसिङले अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन ुव्यवस्थापनु मात्र गरिएको बताए । तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङका अनुसार देशभर २४ घन्टामा २२ घन्टा सात सय मेगावाट बिजुलीको माग हुन्छ । कुल उच्चतम माग एक हजार पाँच सय मेगावाटको बिजुली माग करिब दुई घन्टाका लागि मात्र हुँदै आएको छ । देशभर करिब तीन सय मेगावाटको बिजुली अभावलाई माग व्यवस्थापन र लोड सिफ्ट ९भार स्थानान्तरण० गर्दै व्यवस्थित गरिएको घिसिङले बताए । ुउचित व्यवस्थापन गर्न सकेको भए गत जेठदेखि नै देशलाई लोडसेडिङमुक्त गर्न सकिन्थ्यो,ु उनले भने ।

उपत्यकामा गत तिहारको बेला उच्चतम माग तीन सय मेगावाट थियो भने आइतबारको माग दुई सय ६० मेगावाट छ । राति माग सय मेगावाट हुने र दिउँसो एक सय ५० देखि दुई सय मेगावाटसम्म हुने घिसिङले बताए । बेलुकीको उच्चतम विद्युत् माग (पिक आवर) का बेला एकदेखि डेढ घन्टासम्म जलाशययुक्त कुलेखानी सञ्चालन गरिएको छ । ुसय मेगावाटको पिकिङ (अधिक माग) लाई कुलेखानीले धान्दोरहेछु, उनले भने, ुकुलेखानीलाई दैनिक डेढ घन्टाका हिसाबले चलाउँदा पनि हिउँदभरि पुग्छ ।

यसअघि प्राधिकरणले कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटको बिजुली सिस्टम कोल्याप्स ९देशभर एकसाथ विद्युत्गृह बन्द० हुँदाका बखत र आंशिक मात्र सञ्चालन गर्दै आएको थियो । प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले समानुपातिक रूपमा बिजुली वितरण गरिएको र देशभर आइतबारसम्म लोडसेडिङ नभएको बताए ।

कमेन्टहरु
Loading...