नेपाल साँस्कृतिक संघ कास्कीको सभापतिमा धिताल

पोखरा, २२ कात्तिक/नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघ कास्कीको आईतबार सम्पन्न दोस्रो अधिवेशनले अम्मर धितालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको सचिवमा प्रकाश बराल, कोषाध्यक्षमा अर्जून खनाल रहेका छन्। त्यसैगरी सदस्यहरुमा रामजी पौडेल, सन्तोष वस्याल, सम्मर श्रेष्ठ, गंगा खनाल, जुना क्षेत्री, प्रदिप त्रिपाठी, होम गुरुङ, यम सारुमगर, सुरेश भूर्तेल, कृष्ण सुवेदी र लक्ष्मी सुवेदी रहेका छन्।

यसैगरी क्षेत्र नं. १ को सभपातिमा डाल्डादेवी भुजेल, सचिवमा कौशीला गुरुङ क्षेत्र नं.२ को सभापतिमा गोविन्द कोइराला र सचिवमा कुसुम केसी क्षेत्र नं.३ को सभापतिमा मनहरी दाहाल र सचिवमा पवित्रराज पौडेल क्षेत्र नं.४ को सभापतिमा वावुराम भण्डारी र सचिवमा सन्तोष सुवेदी रहेका छन्। यसैगरी महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल, महिलामा सिता केसी, जनजातीमा आशबहादुर गुरुङ, विन्दु भुजेल र दलित तर्फ वलराम परियार रहेका छन्। जिल्ला सभापति र क्षेत्रीय सभापति स्वतह महाधिवेशन प्रतिनिधि हुने प्रावाधान रहेको छ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस कास्कीका सभपाति कृष्णबहादुर केसीले संघमा आवद्ध कलाकारलाई पार्टीले संरक्षण गर्ने बताए। तपाईहरुका समस्या के छ ति लिएर आउनुहोस् उनले भने–‘तपाईहरुको अप्ठ्यारो र समस्याका सधै पार्टीे तपाईहरुको साथमा रहने छ।’ नेपाल साँस्कृतिक संघका केन्द्रिय अध्यक्ष तीर्थ थापाले पार्टीले गरेका कामहरु जनतामाझ पु¥याउन संघलाई पार्टीले भरपूर रुपमा प्रयोग गर्नु पर्ने बताए।

कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, निवार्चन अधिकृत राजु घिमिरे, नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्य, सचिव सुदिपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाल साँस्कृति संघका केन्द्रिय उपसभापति कुमार राना, नेपाली काँग्रेस क्षेत्र नं.१ का सभापति वृजमान गुरुङ, नेपाल तरुणदल कास्कीका सभापति मनोज गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य गोपाल गुरुङ, नेपाल साँस्कृति संघका केन्द्रिय प्रतिनिधि अर्जून अधिकारी, संस्कृतिविद् प्रा.डा.कुसुमाकर न्यौपानेले बोलेका थिए। नेपाल साँस्कृतिक संघ कास्कीका सभपाति रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आमन्त्रीत केन्द्रिय सदस्य चोलेन्द्र पौडेलले स्वागत र सचिव टंक गैह्ेले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...