युवाहरु अब दश बर्षपछी बिदेश​ जान पर्दैन​ : मन्त्री जोसी

पोखरा २१ कात्तिक ।उद्योग मन्त्री नबिन्द्रराज जोसीले अबका दश बर्षपछी नेपाली युवाहरु रोजगारको लागी बिदेश जान नपर्ने बताएका छन् ।नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्वर तीन कास्कीले आईतबार उद्योगीहरुसंग आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै मन्त्री जोसीले अबका दश बर्षे पछी नेपाली युवाहरु रोजगारको लागी बिदेश जान नपर्ने बताएका हुन् ।

युवाहरु अब दश बर्षपछी बिदेश जान पर्दैन : मन्त्री जोसी
युवाहरु अब दश बर्षपछी बिदेश जान पर्दैन

उनले ठुलो सपना बेकेर रोजगारको लागी बिदेश गएका नेपालीहरु बाकसमा फर्कदा धेरै पिडा हुने गरेको बताए ।कार्यक्रममा मन्त्री जोसीले संबिधानले उद्योग बिकासलाई प्रथाकिता दिएकोले त्यसमा चित्त नबुभेको शब्दहरु समेत परीर्वतन गर्न सक्ने बताए ।कार्यक्रमका सहभागीहरुले उद्योग दर्ता गर्न झन्झट भएको बताएपछी मन्त्री जोसीले अब उद्योगलाई अनलाईनबाट पनि दर्ता गर्न मिल्ले व्यवस्था गरिन लागेको जानकारी दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघमा अध्यक्ष विश्वशंकर पालिखेले काँग्रेस अहिलेसम्म धेरै समयसम्म सत्तामा बसेपनि बिकास निर्माणको काम गर्न नसकेको बताए । कास्की हस्तकला संघ सचिब सिता गुरुङले अबका दिनमा सरकाले हस्तकलालाई उद्योगको रुपमा बिकास गर्न आग्रह गरिन् । पोखरा पर्यटन परीषदका  सोम थापाले पर्यटनलाई उद्योगको रुपमा रुपान्त्रण गर्न आग्रह गरे ।उक्त कार्यक्रममा ट्रेड युनियन काँग्रेसले मन्त्रीलाई उद्ययोगको बिकास गर्न ज्ञापनपत्र समेत बुझाएका थिए ।

कमेन्टहरु
Loading...