कम्पनी ऐन सम्सोधन गरि नयाँ व्यवस्था ः मन्त्री जोशी

सागर राज तिमिल्सिना
पोखरा, २१ कात्तिक/उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले कम्पनी ऐनलाई सम्सोधन गरि नँया व्यवस्थ गर्न लागेको जानकारी दिएका छन् । पोखरा उद्योग वाणिज्य संघले आईतबार पोखरामा गरेको स्वागत कार्यक्रमा पहिलेको नियम अनुसार कम्पनी खोल्न भन्दा बन्द गर्न कठिन थियो सम्सोधन भए पछि सहज हुने बताए ।

सम्सोधनका लागि मन्त्री परिषद्बाट पारित भई संसदमा लैजाने तयारी भएको बताए । उनले सञ्चाल रहेको उद्योग बन्द गर्नु परेमा जारी पुर्जीको १ प्रतिशत कर तिरे बन्द गर्ने व्यवस्था गरिएको बताए ।  उनले सरकारले बन्द अवस्थामा रहेका विभिन्न उद्योगहरू सञ्चालन गर्ने तयारी गरेको समेत जानकारी दिए । मन्त्री जोशीले सबै भन्दा पहिले २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त लगानीमा पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।

त्यसैगरी २०६६ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने र वीरगन्ज चिनी कारखाना खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने तयारी भइरहेको उनको भनाई थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व पालिखे, महासचिब दामु अधिकारी लगातले पोखरा समस्याका बारेमा जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...