फोटोग्राफर जीवन उदासको निधन

फोटोग्राफर जीवन उदासको निधन
फोटोग्राफर जीवन उदासको निधन

पोखरा, कार्तिक १९ । विगत ३३ वर्षदेखि पोखराको एक प्रतिष्ठित फोटो स्टुडियो ‘फोटो जेनिथ’को स्थापना कालदेखि कार्यरत फोटो ग्राफर जीवन उदासको हिजो उच्च रक्तचापको कारण ५३ वर्षको उमेरमा निधन भएको छ । उनी विगत ४ वर्षदेखि किड्नी समस्याका कारण स्थानीय मनिपाल हस्पिटलमा हप्ताको ३ पटक डायलसिस गर्दै आइरहेका थिए ।प्रवेशिका परीक्षा उत्तीर्ण गरेर क्याम्पस पढदै गर्दा वि.सं. २०३९मा फोटो जेनिथ, फोटो स्टुडियो स्थापनाको केही महिनापछि पोखराका वरिष्ट फोटोग्राफर, फोटो पत्रकार विश्व शाक्यले १९ वर्ष उमेरका उदासलाई फोटोग्राफी काम सिकाएर व्यवसायमा आवद्ध गराएका हुन् ।

पारिवारिक अनेक उतार चढावका बीचमा पनि उनले मृत्युको अधिल्लो दिनसम्म फोटो जेनिथ, फोटो स्टडियोसँग आवद्ध रहेर फोटो जेनिथको पर्याय बनिरहे । फोटो जेनिथका संस्थापक विश्व शाक्य ‘जीवन उदास अति मिलनसार, इमान्दार, लगनशील र आफ्नो कामप्रति पूर्ण सम्वेदनशील र जिम्मेवार भएको’ बताउँछन् । ‘जीवन दाइ मेरा व्यवसायीक अभिभावक र मार्ग दर्शक हुनुहुन्थ्यो । हप्ताको ३ पटक डायलसिस गर्नुपर्दा पनि उहाँ मलाई काममा सघाई रहनु हुन्थ्यो’ फोटो जेनिथका अशेष शाक्य सम्झन्छन् ।नदीपुर धर्मशीला मर्गमा वि.सं.२०२० भदौमा जन्मेका उदासका एक पत्नी, एक छोरी र एक छोरा छन् ।

कमेन्टहरु
Loading...