लेखनाथलाई पोखरामा गाभ्न लेखनाथका स्थानिय नेताहरु सहमत​

कृष्ण आचार्य/लेखनाथ , १९ कात्तिक। लेखनाथनगरपालिकालाई पोखरा उपमहानगरपालिकामा गाभ्ने योजनामा लेखनाथका स्थानिय नेताहरुले ऐक्यवद्धता जनाएका छन् । शुक्रबार नेशनल एफ एम र लेखनाथ नागरीक समुहले लेखनाथको ताल्चोकमा आयोजना गरेको स्थानिय तहको पुर्न संरचना सम्बधी अन्तरक्रिया कार्यक्रममा लेखनाथका स्थानिय नेताहरु लेखनाथलाई पोखरामा गाभ्न सहमत भएका हुन् ।

लेखनाथलाई पोखरामा गाभ्न लेखनाथका स्थानिय नेताहरु सहमत (तस्बिर सौजन्य:सुरेशराज अधिकारी)
लेखनाथलाई पोखरामा गाभ्न लेखनाथका स्थानिय नेताहरु सहमत
(तस्बिर सौजन्य: सुरेशराज अधिकारी)

नेपाली काङ्गेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामीछाने, नेकपा एमालेका लेखनाथ नगर समन्वय समितीका संयोजक शङकर पौडेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शिबजी लामीछाने, नयाँ शक्ती नेपालका नगर अध्यक्ष नन्द बहादुर गुरुङले व्यानरमा हस्ताक्षर गदै लेखनाथलाई पोखरामा गाभ्न ऐक्यवद्धता जनाएका छन् । उक्त कार्यक्रममा स्थानिय तह पुर्न संरचना आयोगका आमन्त्रित सदस्य महाप्रसाद ओझाले अन्तक्रियाको आवाज समेटेर अगाडी बढने बताएका छन् ।

स्थानिय बासिन्दा संचारकर्मी भिमपाडी बरालले तत्काललाई भन्दा पछीको लागी लेखनाथलाई पोखरामा समाहित गराउँदा फाईदा हुने बताए ।लेखनाथ नागरीक समुहका सदस्य मिलन प्रसाद तिवारी, केपी ढुङगाना, उमनाथ लामीछाने , तारा अधिकारी ,बिष्णु प्रसाद बास्तोलला, नबिन बाबु पौडेल लगायतका बक्ताहरुले लेखनाथन पोखरामा समाहित हुदाँ फाईदा र वेफाईदा दुबै हुने बताए ।उक्त कार्यक्रममा लेखनाथनलाई पोखरामा गाभ्ने र नगाभ्ने दुई व्यानरमा हस्ताक्षर समेत गराईएको थियो ।

कमेन्टहरु
Loading...