भारतीय राष्ट्रपति मुखर्जी पोखरामा ,वेलुनमा कालोझण्डा बाधेर संङकेतिक​ विरोध , विरोधमा संलग्न चार जना माओबादी कार्यकर्ता पक्राउ

पोखरा १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा नआईपुग्दै विप्लव नेतृत्वको नेकपा माओबादीका कार्यकर्ताले वेलुनमा कालोझण्डा बाधेर उडाउदै संङकेतिक विरोध गरेका छन् । राष्ट्रपति मुखर्जी पोखरा आउनु भन्दा झण्डै सवा दुई घण्टा अघि साढे १२ बजे आकाशमा कालोझण्डा बाधिभएको वेलुन उडाएर उनिहरुले विरोध जनाएका हुन् ।

राष्ट्रपति मुखर्जी पोखरामा ,वेलुनमा कालोझण्डा बाधेर संङकेतिक विरोध , विरोधमा संलग्न चार जना माओबादी कार्यकर्ता पक्राउ
राष्ट्रपति मुखर्जी पोखरामा ,वेलुनमा कालोझण्डा बाधेर संङकेतिक विरोध

विमानस्थल आसपासबाट १३ वटा वेलुनमा कालोझण्डा बाधेर लगातार उडाइएको थियो । बेलुन उडेलगतै खटिएको प्रहरी टोलीले सो कार्यमा संलग्न चार जनालाई पोखराको एयरपोर्ट नजिकबाट नियन्त्रणमा लिएको छ । विप्लव माओबादीका कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी “जगन बा”, गण्डक ब्यूरो सदस्य भिम चापागाई तथा टिकाराम घिमिरे र बम बहादुर हितान मगर पक्राउ परेका हुन् ।

यसैबिच, भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीन दिने राजकिय भ्रमणको अन्तिम दिन दिउसो पौने ३ बजे पोखरा आइपुगेका हुन् । दिउसो पौने १ बजे आइपुग्ने कार्यक्रम रहेपनि दुई घण्टा ढिलोगरी पोखरा आइपुगेका उनलाई स्थानिय विकास मन्त्री हितराज पाण्डे , क्षेत्रीय प्रशासक खगराज वराल सहित पोखरा स्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । विमानस्थलमा अवतरण भएलगतै उनी दिवा भोजको लागि विरौटा स्थित पोखरा ग्राण्ड होल पुगेका थिए ।उनी रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी पनि सहभागी भए । उनि आजै काठमान्डौं हुदै दिल्ली फर्कने कार्यक्रम छ ।

कमेन्टहरु
Loading...