पोखराका दुईजना महिला भलिवल खेलाडीले माल्दिभ्समा लिग खेल्दै

पोखरा, १८ कात्तिक/महिला भलिवलका राष्ट्रिय दुई जना खेलाडी माल्दिप्समा व्यावसायीक रुपमा लिग खेल्ने भएका छन् । महिला भलिवलकी सह–क्याप्टेन मन्जु गुरुङ र खेलाडी अरुणा शाही माल्दिप्समा आयोजना हुने राष्ट्रिय लिगमा व्यावसायीक रुपमा सहभागी हुन बिहीबार पोखराबाट हिडेका छन् ।

फुभामुल्क युथ एण्ड स्पोटर्स डेभलपमेन्ट एशोसियसन क्लवबाट करीब २० दिनको लागि कन्ट्याकमा आफुहरु माल्दीप्स जान लागेको मज्जु गुरुङले बताईन । मन्जु सहित अर्को पोखरेली खेलाडी समेत रहेकी अरुणा शाहि शुक्रबार हवाई मार्ग हुदै माल्दीप्स जाने उनले बताइन् । राष्ट्रिय लिगमा विदेशी दुई जना खेलाडीहरु समावेस गर्न पाउने भएकोले उनीहरुलाई लिग खेल्नको लागि निमन्त्रणा गरेको मन्जुले बताईन् ।

पोखरा क्षेत्रबाट व्यावसायीक रुपमा पहिलो पटक महिला भलिवलका खेलाडीहरु सहभागि भएका हुन् । नेपालबाट अर्को एक क्लबका लागि कोपिला उपे्रती र प्रतिभा मालि पनि जान लागेको उनले बताइन्

कमेन्टहरु
Loading...