तरुण दलको महाधिवेसन कात्तिक २७ देखि पोखरामा

सागर राज तिमिल्सिना
पोखरा, १८ कात्तिक/नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन कात्तिक २७ देखि २९ गते सम्म पोखरामा हुने भएको छ । तरुण दलले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी १३ सय भन्दा बढि प्रतिनिधिहरुले महाधिवेशनमा भाग लिने जानकारी दिएको छ । केही जिल्लामा विवाद भए पछि दुईपटकसम्म स्थगीत महाधिवेशन यो पटक जसै हुने तरुण दलका अध्यक्ष उदय शमसेर राणाले बताए ।

महाधिवेशनको तयारी बारे जानकारी लिन पोखरा आएका राणाले सम्पन्न गर्न विभिन्न २२ उपसमिति गठन गरि काम भई रहेको जानकारी दिए । उनले आवास, प्रचार प्रसार र भोजन लगायत अन्य व्यवस्थापनको काम भइरहेको बताए । उनले ६८ जिल्लाकामा अधिबेसन सकिसकेको बताए । महाधिवेशनमा जिल्ला, क्षेत्र, नगर, विदेश विभाग र मनोनित गरी प्रतिनिधिहरुको सहभागीता रहने बताए ।

तरुण दलको महाधिवेसन कात्तिक २७ देखि पोखरामा
तरुण दलको महाधिवेसन कात्तिक २७ देखि पोखरामा

उनले उदयपुर, सुर्खेत, नुवाकोट, सप्तरी, सर्लाही, धनुषा, धादिङ जिल्लामा विवाद देखिए र विवात मिलाउने काम भई रहेको राणाले बताए । तर ती जिल्लामा नगर र क्षेत्रीय अधिवेशन भने सम्पन्न भएकाले जिल्लाबाट नभए पनि नगर र क्षेत्रका प्रतिनिधिले भाग लिन सक्ने उनको भनाई थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य सुरेन्द्र पाण्डेले विवादित जिल्लाको टुंगो लगाउन अझै पनि केही समय बाँकी रहेको भन्दै कात्तिक २४ भित्र अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा भाग लिनसक्ने बताए । पाण्डे र राणा पोखरा आएर तयारीबारे विभिन्न स्तरमा समेत छलफल गरेको बताए ।

कमेन्टहरु
Loading...