सांग्रिला डेभलपमेन्ट बैंक १३ औं वर्षमा

पोखरा, १८ कात्तिक/सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड बाह्रौं वर्ष पुरा गरि तेह्रौं वर्षमा प्रवेश गरेको छ । बंैकले १३ औं वार्षिकोत्सवको अवसरमा समाज प्रतिको उत्तरदायित्वलाई निर्वाह गर्ने कार्यलाई निरन्तरता दिन “रक्तदान–जिवनदान” भन्ने भावार्थलाई मनन गरी रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

केन्द्रीय कार्यालय, वालुवाटार काठमाण्डौ, क्षेत्रीय कार्यालय नेपालगंज र क्षेत्रीय कार्यालय पोखरा परिसरमा अयोजित रक्तदान कार्यक्रममा काठमाण्डौमा ३५ प्वाइन्ट, नेपालगंजमा ५५ प्वाइन्ट र पोखरामा १०७ प्वाइन्ट गरी जम्मा १९७ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौंडेलले बताए । संकलित रगत स्थानिय रक्तसंचार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

बैकले ३१ वटा शाखा, ६ वटा माइक्रोफाइनान्स इकाइ, १२ वटा ए.टी.एम. तथा ५ शाखाबाट लकर सुविधा लगायत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुन प्रतिबद्घ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौंडेलले बताए ।

कमेन्टहरु
Loading...