पोखरा पिज्जा हाउस अब सेन्टरप्वाइन्टमा स¥यो

पोखरा, १८ कात्तिक/पोखराको पिज्जामा छुट्टै स्वाद दिएर पोखरेलीको मन जित्न सफल पोखरा पिज्जा हाउस सेन्टरप्वाइन्टमा सर्ने भएको छ । हल्लनचोकबाट पामे जाने बाटोमा ६ वर्षदेखी सञ्चालन हुँदै आएको पोखरा पिज्जा हाउस सेन्टर प्वाइन्टस्थित पिपलबोट पश्चिममा सरेको हो । सेन्टरप्वाइन्टमा सरेको पिज्जा हाउस शनिबारदेखी सञ्चालनमा आउने सञ्चालक बिजय गुरुङले जानकारी दिए ।

छुट्टै स्वादका कारण लोकप्रिय बनेको पिज्जा हाउस पहिलेको ठाउँमा केही दिनदेखी बन्द भएपछि ग्राहकहरु त्यहाँ पुगेर फर्कने गरेका छन् । नयाँ ठाउँमा सरेको थाहा नभएका ग्राहकहरु बन्द भएको देख्दा मन खिन्न गरेर फर्कने गरेको सुन्दा आफूलाई दुःख लागेको गुरुङले बताए । तर हामी नयाँ ठाउँ सेन्टरप्वाइन्टमा सरेका छौं,–गुरुङले भने,‘हामी हाम्रा ग्राहकलाई थप सन्तुष्टी दिन नयाँ सरेका हौं, पहिलेको ठाउँ साँघुरो भएकाले खुल्ला ठाउँमा सर्दा ग्राहकलाई दुःख परेको छ, यसमा हामी क्षमा प्रार्थी छौं ।’

उनले नयाँ ठाउँमा आएर पिज्जाको मज्जा लिन ग्राहक तथा शुभचिन्तकलाई आग्रह गरेका छन् । पोखरा पिज्जा हाउसले पोखरामा मात्र हैन काठमाडौंमा समेत पोखरेली पिज्जाको स्वाद चखाउँदै आएका छन् । उनले काठमाडौंको धुमवराहीमा फ्रेञ्चाइजी खोलेर सेवा दिइरहेका छन् । उनले केही पछि हेटौंडा, ललितपुर लगायतका ठाउँमा पनि फ्रेञ्चाइजी खोल्ने सोंच बनाएका छन् ।

कमेन्टहरु
Loading...