मदिरा विवादमा युवाले लुटे प्रहरीको हतियार

काठमाडौं, १८ कात्तिक/सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले बढे पछि जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ ।

घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेका हुन् ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

आग्रीगाउँसगँ सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद भएको थियो । स्रोतका अनुसार उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय युवा यसअघि पनि सँगै बसेर तास खेल्थे ।

उक्त दिन पनि तास खेलेपछि युवा र प्रहरी जवान नरबहादुर विकले सँगै मदिरा सेवन गरेका थिए । त्यही क्रममा तासमा रकम हारेको विषयमा विक र उनीहरुबीच विवाद भएको थियो ।

कमेन्टहरु
Loading...