चितवनको भरतपुर र रत्ननगरमा ८ सय​ २ घरमा डेंगु पोजेटिभ

चितवन, कात्तिक १७। चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८ सय २ घरमा डेंगु पोजेटिभ पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेंगु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नस्ट गर्ने अभियानका क्रममा गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २ सय ६७ ओटा घरमा गरिएको अनुगमनमा ८ सय २ घरको एक हजार २ सय ५२ कन्टेर र भाँडामा डेंगु सार्ने लामखुट्टेका लार्भा भेटिएको हो ।

गएको असोज १६ गते देखि १८ गतेसम्म गरिएको अनुगमन प्रतिवेदन बारे आज जानकारी दिँदै उनले रत्ननगर र भरतपुरका बजार क्षेत्रमा डेंगु सार्ने लामखुट्टे रहेकाले यस्ता लामखुट्टेबाट बच्न सर्वसाधारणलाई अपिल गरेका छन् । खोजी अभियान तथा स्थलगत अनुग

चितवनको भरतपुर र रत्ननगरमा ८ सय २ घरमा डेंगु पोजेटिभ
चितवनको भरतपुर र रत्ननगरमा ८ सय २ घरमा डेंगु पोजेटिभ

मनमा स्वास्थ्यकर्मी सहित १ सय ५० जना स्वयंसेवक परिचालन गररिएको थियो । फेला परेका लामखुट्टेका लार्भा नस्ट भएको कार्यालयले जनाएको छ ।चितवनमा भदौ देखि अहिलेसम्म ४५० भन्दा बढीमा डेंगु रोग देखिइसकेको छ ।

 

कमेन्टहरु
Loading...