अमले सहकारीको वार्षिकोत्सवमा सहयोग

localhost/websites/bibek
ganthan.com

पोखरा, १७ कार्तिक।
पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो पाँचौ वार्षिकोत्सव वृद्धाश्रममा सहयोग प्रदान गरी मनाएको छ । सहकारीले बाच्छीबुडुवा स्थित वात्स्यायन वृद्धाश्रममा रहेका १९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत ग¥यो । सामाजिक सेवामा समर्पित भई जाडोमा वृद्धवृद्धालाई आवश्यक पर्ने देखेर २० थान ज्याकेट प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष माधव पहारीको अध्यक्षतामा भएको कार्यक्रममा वृद्धाश्रमका संरक्षक युवा पण्डित युवराज वाग्लेले वृद्धाश्रमका गतिविधिका बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । संस्थाका शिक्षा उपसमिति संयोजक बद्रीनाथ पहारीले स्वागत तथा कोषाध्यक्ष टीकाराम पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...