तोल्कामा भएको भलिवलको उपाधि कान्छा बराहलाई

पोखरा १७ कार्तिक / कास्कीेको पर्यटकीय गाउ तोल्कामा सम्पन्न बृहत खेलकुद कार्यक्रम अन्तर्गत भलिवल प्रतियोगितामा कान्छा बराह युवा क्लव सावेत मौजा प्रथम हुन सफल भएको छ । देउराली युवा क्लवले आफ्नो १३ औ वार्षिकोत्सव तथा दिपावलीको अवसरमा आयोजना गरेको बृहत खेलकुद कार्यक्रम अन्तर्गत भलिवल प्रतियोगितामा प्रथम स्थान संगै कान्छा बराह युवा क्लवले ३५ हजार नगद, शिल्ड र प्रमाणपत्र हात पार्न सफल भयो ।

प्रतियोगितामा द हिभन क्लव नयापुलले दोश्रो स्थान संगै २३ हजार नगद, शिल्ड, प्रमाणपत्र हात पा¥यो, सोल्टी क्लव हुडा प्रतियोगितामा तेश्रो स्थान संगै नगद ११ हजार, शिल्ड र प्रमाणपत्र हात पा¥यो । प्रतियोगितामा बेष्ट प्लेयर सावेत मौजाका मनोज गुरुङ घोषित भए । हुडाका रविन ठकुरी बेष्ट ब्लकर र वेष्ट स्पाइकर सावेत मौजाका बिश्वास बिकले उपाधी संगै नगद, मेडल र प्रमाणपत्र हात पारे ।

त्यस्तै भेट्रान्स तर्फको भलिवलमा लान्दु्रक ए प्रथम हुन सफल भयो भने तोल्का बीले दोश्रो स्थान हात पार्न सफल भयो । भेट्रान्स तर्फको बेष्ट प्लेयरको उपाधी लान्दु्रकका चीज बहादुर गुरुङले हात पारे । बृहत खेलकुद कार्यक्रम अन्तर्गत रसी तान्नेमा तोल्का प्रथम भयोभने सावेत मौजाले दोश्रो स्थान हात पा¥यो । मकै गन्ने खेलमा तोल्काका शिशिर थापा प्रथम भएभने घैटो फुटाउनेमा तोल्काका देवी थापा प्रथम भए । मेच घुमाइमा घान्दु्रकका लक्ष्मी गुरुङ प्रथम भए, छेलोमा तोल्काका मन बहादुर थापा मगर प्रथम भएभने तोल्काका मन बहादुर बिक दोश्रो भए ।

कार्यक्रममा रेफ्रीहरु अनिल गुरुङ, सुमन दास, लाइन्स म्यान रबिन थापा, राज बिक, रविन थापा, सन्तोष बिक लगायत समाजसेवी हरिमान गुरुङ, क्लवका अध्यक्ष सन्तोष गुरुङ, इच्छा गुरुङ, तोल्का आमा समुहले प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरेका प्रचार प्रसार संयोजक भरत गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...