भाइटिका लाउन पोखरा आए पर्यटक

पोखरा, १६ कात्तिक ः पश्चिमाञ्चल होटल संघ पोखराले भाइटिका महोत्सवलाई निरन्तरता दिएसँगै यो महोत्सवमा भाग लिन पर्यटकहरु दोहो¥याएर पोखरा आउन थालेका छन् । संघले तिहारका अवसरमा पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा मंगलबार आयोजना गरेको दशौं भाइटिका महोत्सवमा १५ देशका ५५ पर्यटकले भाग लिएको महोत्सवका संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

महोत्सवका सहसंयोजक केशवराज पहारीले यो पटक महोत्सवमा भाग लिन चाहने पर्यटकको संख्या अधिक भएको र आफ्नो एकल पहलमा पनि धेरै भन्दा धेरै पर्यटक जुटाउने वातावरण तयार पारेको जानकारी दिए । अष्ट्रेलिया लगायत सात देशका पर्यटकहरु यो पटक दोहो¥याएर भाइटिका महोत्सवमा भाग लिन आएको संघले जनाएको छ ।

यिनै मध्येकी एक हुन् हल्याण्डकी हिल्ट्जे भ्यान । जो दोश्रो पटक भाइटिका महोत्सवमा भाग लिन आएकी हुन् । महोत्सवमा भाग लिएर नेपाली परम्परा अनुसार तिहारमा टिका लगाउन पाउँदा आफूले धन्य महसुश गरेको उनले बताइन् । यसैगरी अष्टेलियाकी जस्टिनाले तिहारको अवसरमा टिका लगाउन पाउँदा आफूलाई नौलो अनुभुति भएको बताइन् । मलाई यो चाड निकै मन पर्यो, उनले भनिन्, पहिलोपटक नेपाल आउँदा यस्तो वातावरणले म प्रभावित भएको छु ।

रेन्वो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि वालिकाहरुलाई दक्षिणा दिएका थिए । १५ अमेरिकी डलरमा पर्यटकले फारम भरेर कार्यक्रममा सहभागिता मात्र जनाएनन् सो अवसरमा आयोजना गरिएको देउसी भैलो र सांस्कृतिक कार्यक्रममा भरपूर मनोरञ्जन पनि लिए । सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए । अमेरिका, अष्ट्रेलिया, बंगलादेश, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, जापान, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, कोरिया, बेलायत, ब्राजिल लगायतका देशका पर्यटकले महोत्सवमा टिका लगाएका हुन् ।

कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भाइटिका महोत्सव आयोजना गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अभियानले सकारात्मक प्रभाव पारेपछि आफूहरु उत्साही हुँदै गएको उनले सुनाए । कार्लसबर्ग, होटल ग्ल्यासेयिर र हार्वर रेष्टुरेण्टले सघाएको कार्यक्रम नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको हो ।

पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
पोखरामा पर्यटकलाई भाइटिका
कमेन्टहरु
Loading...