तिहार नाच हेर्न गएका दुई किशोरको खुकुरी प्रहार गरि हत्या

मोरङ, १६ कात्तिक/तिहारको अवसरमा मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको सोमबार राति मोरङको लेटाङ भोगटेनीमा हत्या भएको छ।

राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद भई खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेको र यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...