हाकिमलाई अपशब्द प्रयोग गर्दा …………

बारा, १३ कातिक/सेवाग्राही र हाकिमलाई अपशब्द प्रयोग गरेका नापी कार्यालय बारा, कलैयाका सर्वेक्षक १० हजार घरौटीमा रिहा भएका छन् ।

नापी कार्यालय कलैयाका सर्वेक्षक राधेश्याम साह सेवाग्रहीसँग नाक्शा पासमा घुस मागेपछि सेवाग्रहीले त्यसको बिरोधगर्दा सेवाग्रही र सिडिओ, एसपी सबैले घुस खान्छ कसैले केही गर्दैन् भनेको भिडियो सार्वजनिक भएपछि सर्वेक्षक साहलाई आवश्यक कार्यवाहीका लागि प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद ढुङ्गानाले घरौटी राखेर छोडेका हुन्।

दक्षिण झिटकैया गाविसका रामकिशोर साहसँग नाक्शाको बारेमा बादबिबाद हुँदा सोधपुछका लागि प्रशासनमा प्रहरीले सर्वेक्षक साहलाई लगेको नापी प्रमुख रामबिनय सिंहले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छापिएको छ।

उता आफूभन्दा माथिको हाकिमलाई अपशब्द प्रयोग गरेकाले अनुसन्धानका लागि सधारण तारेखमा छोडिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनभयो ।

कमेन्टहरु
Loading...