पर्वले रगत अभावमा बिरामीको बिचल्ली

काठमाडौं, १३ कात्तिक /दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्न डाक्टर भनि सकेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे ।

अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिँदै बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार केन्द्रमा पुगे । यो खबर आजको अन्नपूर्णमा छापिएको छ। केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार यो संवाददाता केन्द्रमा पुग्दा उनी रगत राख्ने भाँडो बोकेर छटपटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । ुरगत छैन कोही खोजेर ल्याउनु हामी झिकिदिन्छौं भन्नुहुन्छ ।

त्यो पनि म्याच भएपछि लैजानुहोला नभए अर्को खोज्नुपर्छ भन्नुहुन्छ यहाँका कर्मचारीु, गिरीले भने, ुनयाँ ठाउँमा कहाँ जाने र कसलाई खोजेर ल्याउने रु उता, बुवाको अवस्था नाजुक बन्दै छ । इन्द्रको आडैमा छटपटाइरहेका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटोरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् । मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिँदै भएजति आफन्तलाई फोन गरिहेका थिए उनी ।

गिरी एक्ला थिएनन् आफन्त बचाउन रगतका लागि हार गुहार गर्नेहरू । त्यहाँ रगत लिन चाहनेहरूको भीडले त्यही संकेत गरिरहेको थियो । पाठेघरमा ट्युमर भेटिएपछि ग्रिनसिटी अस्पतालमा शल्यक्रिया गरेकी बालाजुकी माया लामाका छोरा सञ्जीव आमालाई बचाउन आफैं रक्तदान गर्दै थिए । सञ्जीव आमाको शल्यक्रिया हुनुपहिले सोमबार पनि रगतका लागि केन्द्रमा नआएका होइनन् । कसैले फिर्ता दिएको रगत उनले पाउँदा उनी दंग पर्दै अस्पताल गए । तर ताजा नभएको भन्दै चिकित्सकले काम नलाग्ने भने । तत्काल भाइलाई रगत दिन बोलाए सञ्जीवले ।

आमालाई फेरि पनि रगत आवश्यक परेपछि पुनः केन्द्रमा पुगेका उनले पाएनन् र आफैं रगत दिन थाले । ुआमालाई जसरी पनि बचाउन पर्‌योु, रगत निकाल्दै गर्दा उनले भने, ुहामी त केन्द्रले दिन्छ भन्नेमा ढुक्क थियौं, तर पाएनौं ।ु केन्द्रमा कतिपय रगत दिने मान्छे नभेट्दा, कतिपय मान्छे भेटे पनि रगत म्याच नहुँदा छटपटाइरहेका थिए । केन्द्रले दिएको रगत पनि ताजा नभएर फिर्ता गर्नुपर्दा कतिपयलाई सास्ती भइरहेको थियो ।

कमेन्टहरु
Loading...